back
CTIZAN AD

प्रचण्डले भेट्न नदिँदाको त्यो आक्रोश…

वि.सं.२०७८ असार २५ शुक्रवार

639 

shares

असार २५, काठमाडौं । निर्वाचन आयोगमा अहिले अनौठो निवेदन परेको छ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका केहि नेताहरुले त्यस्तो अनौठो निवेदन दिएका हुन् । उनीहरुले आफुँले छाडेको पार्टी अवैधानिक भएको भन्दै खारेज हुनुपर्ने माग राखेका छन् ।

अधिवक्ता सरोज बढुथोकीमार्फत असार २३ मा आयोगमा परेको निवेदनमा उनीहरुले गत २०६९ माघदेखि हालसम्म महाधिवेशन नभएको हुँदा माओवादी केन्द्र भन्ने दल अवैधानिक भएको बताएका छन् । पार्टी परिवर्तन गरेपनि अवैध रहेको कारण आफुँहरुमाथि माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने पनि उनीहरुको जिकिर छ ।

बुधबार दर्ता गरिएको निवेदनमाथि कारबाही प्रक्रिया तत्काल बढाउन भन्दै उनीहरु शुक्रबार दबाब दिनकै लागि निर्वाचन आयोग पुगेका थिए । एमालेका पूर्वमाओवादी समूहका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर थारुलगायत आयोग पुगेका थिए ।

आयोग पुगेका नेता टोपबहादुर रायमाझीले आफुँहरु वैधानिक जनप्रतिनिधि भएको बताउँदै अवैधानिक माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गरे । उनले माओवादी केन्द्रलाई तत्कालै खारेज गर्नुपर्ने पनि माग दाेहाेर्‍याए ।

उनले भनेका छन्, ‘राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावधिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ? माओवादी केन्द्र नै कानूनसम्मत नभएको हुनाले त्यसलाई कारबाही, खारेज गर्नुपर्छ ।’

प्रचण्डसँग बदला लिन आयोगको प्रयोग

सर्वोच्च अदालतले जेठ ६ मा गरेको फैसलासँगै एमालेभित्रका पूर्वमाओवादी नेताहरु समस्यामा छन् । उनीहरु एमालेभित्र चलिरहेको ‘जेठ २’ को बहसले पनि थप प्रताडित देखिएका छन् ।

मन्त्रीबाट पदमुक्त भएलगत्तै उनीहरुमध्ये केहिले माओवादी केन्द्रमा फर्किने सुरसार पनि कसेका थिए । तर, उनीहरुको सुरसारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सिधै अस्वीकार गरिदिएका थिए ।

मन्त्रीबाट पदमुक्त भएलगत्तै उनीहरुमध्ये केहिले माओवादी केन्द्रमा फर्किने सुरसार पनि कसेका थिए । तर, उनीहरुको सुरसारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सिधै अस्वीकार गरिदिएका थिए ।

माओवादी फर्किन गरेको अनुरोधको नालेबेली सार्वजनिक भएसँगै नेता टोपबहादुर रायमाझीले गत जेठ २४ मा विज्ञप्ती नै निकालेर आफ्नो बचाउ गरेका थिए । उनले आफुँ एमाले नै भएको भन्दै माओवादी नफर्किने बताएका थिए ।

तर, एमालेभित्र प्रताडित भईरहेको अवस्था र माओवादी केन्द्रले प्रस्तावलाई अस्वीकार गरेसँगै आक्रोशित बनेका उनीहरुले माओवादी केन्द्रमाथि भने अनौठो रिस पोखेका छन् । निर्वाचन आयोगको इतिहासमै नभएको शैलीमा उनीहरुले दल दर्ता खारेजीको माग गरेका छन् ।

प्रचण्ड निकटस्थ एक नेताका अनुसार उपाय नभेटेपछि उनीहरुले यस्तो कदम चालेका हुन् । प्रचण्डविरुद्व आक्रोश निर्वाचन आयोगमार्फत पोखेको उनको भनाई छ ।

‘उहाँहरु एमालेभित्र समस्यामा हुनुहुन्छ, मन्त्री पद गुमेसँगै के गर्ने अन्यौंल छ, निकै अवसरवादी देखिनुभएका उहाँहरुलाई प्रचण्डले ल्याउने विषयमा समर्थन दिनुभएन’, उनले भनेका छन्, ‘अहिले प्रचण्डमाथिको रिस आयोगमा पोख्नुभएको छ । यस्ता नक्कली कुरा टिक्दैन् ।’

सम्बन्धित समाचार

टोपबहादुरको अनुरोध प्रचण्डले अस्वीकार गरेपछि…

यस्तो छ माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदन

वि.सं.२०७८ असार २५ शुक्रवार १७:४३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...