back
CTIZAN AD

एमाले कार्यदलको महत्वपूर्ण कुरामा सहमति, शनिवार सार्वजनिक हुने कार्यदलको भनाइ

वि.सं.२०७८ असार २५ शुक्रवार

765 

shares

२५ असार, काठमाण्डौ । नेकपा एमालेमा बढेको आन्तरीक कलह मिलाउन गठित कार्यदलमा एउटा महत्वपूर्ण सहमति भएको बताइएको छ ।

नेकपा एमालेको एक उच्च श्रोतका अनुसार सो कार्यदलले ‘एकता जसरी पनि गर्ने’ बिषयमा सहमति जुटाएको हो ।

गएका केही दिन यता निरन्तर बसेको एमाले कार्यदलको शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको पछिल्लो बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको भनिएपनि शनिवार पूर्ण भएपछि मात्र सार्वजनिक गर्ने बताएको छ ।

कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिएका छन् । सहमति भएको विषयमा भाषा मिलाएर शनिबारको बैठकबाट सार्वजनिक गरिने पनि उनीहरुले बताएका छन् ।

जेठ २ गते गठन भएको कार्यदलले सोमबारदेखि पछिल्लो छलफल सुरु गरेको थियो । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठक नसकिएपछि भोलि बस्ने कार्यदलको बैठकले ठोस खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी रहेको बताइएको छ ।

कार्यदलमा मत बाझिएकै प्रचार भएका बेला वरिष्ठ नेता माधव नेपालले समेत अदालत प्रभावित पार्न नहुने कुरा दोहोयाइरहेपछि कार्यदलकै प्रयासमाथि प्रश्नचिन्ह तेर्सिएको छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार २१:०६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...