back
CTIZAN AD

मुक्तक

वि.सं.२०७८ असार २६ शनिवार

1.9K 

shares

जुन नेता आए पनि जनता उहि ठाँउमा
जनताको पिर व्यथा उस्तै छ गाँउमा
कहिले सम्म यस्तै पिर मनमा जनताको
भ्रष्टाचार बड्दै छ झन् बिकासको नाउँमा
२.
नेपाल आमा रुन थालिन् नेपालको हाल देखेर
कहिले जुट्ने कहिले फुट्ने राजनीतिको चाल देखेर
सोझा जनता भ्रष्ट नेता भए हाम्रो देशमा भनि
छटपटाउँछिन् नेपाल आमा देश बेचि मालामाल देखेर
३.
किन गर्छौ घमण्ड काल हेरिराकोछ
उमेरको वृद्धि सँगै साल फेरिराकोछ
तेरो मेरो तँछाड मछाड गर्छौ महामारि
बालक, युवा, वृद्ध सँगै जाल बेरिराकोछ
४.
समयको गति सँग सँगै चल्न सिक मान्छे
जता लान्छ जिन्दगीले उतै ढल्न सिक मान्छे
स्वार्थि यो दुनियामा भर कसैको नपर भो
आफु माथि आईलाग्ने लाई छल्न सिक मान्छे

 

 

वि.सं.२०७८ असार २६ शनिवार ०६:०९ मा प्रकाशित

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...