back
CTIZAN AD

यसरी बढाउन सकिन्छ सवारी साधनमा माइलेज, हेर्नुस् केही टिप्स

वि.सं.२०७८ असार ३१ बिहीवार

813 

shares

३१ असार । पछिल्ला दिनमा विश्वमै पेट्रोलियम पदार्थको मुल्यवृद्धि रफ्तारमा बढीरहेको छ । नागरिक कोरोनाकहरमा घरमै बसिरहँदा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि आकाशिएको छ । मोटरसाइकल चढ्नेहरुहरुलाई पेट्रोलमा धेरै पैसा खर्च गर्न परेको छ । यस्तो महँगो पेट्रोल हाल्नु पर्ने मोटरसाइलक/स्कुटरले धेरै तेल खाँदा झनै टेन्सनको विषय हुने भैहाल्यो । यदि तपाईले चलाउँदा केही बिचार पु¥याउनु भयो भने कम पेट्रोलबाट पनि धेरै यात्रा गर्न सक्नुहुनेछ ।

जानौँ केही टिप्स :
१) स्पीडको ध्यान राखुँ –सवारी साधन चलाउँदा एउटै स्पीडमा चलाउनु राम्रो हो, लगातार गियर परिवर्तन गर्दा धेरै तेलको खपत हुन्छ ।
२) ओवर लोडसेडिङ्ग नगर्ने – ओवर लोड हुने बित्तिकै सवारी साधनको इन्जिनमा बढी दबाब पर्दछ, यस्तोमा पेट्रोल बढी खर्च हुन्छ ।
३) सकेसम्म दुई पाङ्ग्रे साधननै प्रयोग गरुँ । चार पाङ्ग्रेले भन्दा दुई पाङ्ग्रेले कम पेट्रोल खाने हुँदा सम्भव भएसम्म दुई पाङ्ग्रे सवारी साधन चलाउने ।
४) टायरमा हावाको जाँच गर्नुस् – टायरमा हावा कम भयो भने गाडीको माइलेज घट्दछ । गर्मीमा यस्तो समस्या बढी आउँछ । त्यसैले हप्तामा एकपटक टायरमा हावा छ की छैन जाँच गर्नुस् ।
५) बाइकलाई चर्को घामबाट बचाउनु पर्दछ । पेट्रोल ताप्दा बढी खर्च हुन्छ । सम्भव भएसम्म छायाँमा राखुँ ।
६) इकोेनोमी मोडमा चलाउने गर्नुहोस् – सबै दुई पाङ्ग्रे सवारी साधनको स्पीडोमिटरमा इकोनोमी मोडको सुविधा हुन्छ । यो मोडमाा बाइक चलाउँदा धेरै माइलेज दिन्छ ।
७) एयर फिल्टर नियमित सफा राखुँ – बाइकको इन्जिनमा हावा एयरफिल्टरको माध्यम जान्छ । फोहर फिल्टरबाट इन्जिनलाई पर्याप्त हावा पुग्दैन । यसबाट बाइकको माइलेजमा असर पर्दछ ।
८) सवारी साधनलाई लामो समयसम्म रोक्न परेमा सवारी साधनको इन्जिन बन्द गर्नुहोस् ।
९) सवारी साधनमा अनावश्यक एक्सिलरेटर तान्ने र छोड्ने नगर्नुहोस् । यसरी एक्सिलरेटर तान्ने र छोड्ने गरेमा इन्धन बढी खपत हुन्छ ।
१०) समयमै सर्भिस गर्न जरुरी –माइलेज बढाउन समय समयमा बाइकको सर्भिस गराउनु जरुरी हुन्छ । इन्जिन आयल पनि एक नियमित चेकजाँच गरिरहनु पर्दछ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १४:५१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...