back
CTIZAN AD

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, माधव पक्षलाई पनि निम्तो

वि.सं.२०७८ असार ३१ बिहीवार

672 

shares

असार ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । उनले शुक्रबार दिउँसो तीन बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बोलाइएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि सूचना पठाइएको उनले जनाए ।

एमालेको माधव पक्षीय सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको आदेशसँगै ओली पदमुक्त भएका थिए भने देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

ओलीले आफ्नैविरुद्व देखिएका सांसदलाई समेत बैठकमा बोलाउनुलाई अर्थपूर्णं रुपमा लिइएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराईले भने संसद अधिवेशनको पूर्वसन्ध्यानमा संसदीय दलको बैठक बोलाउने प्रचलनअुनसार नै बैठक बोलाइएको र माधव पक्षलाई पनि निम्तो पठाइएको बताएका छन् ।

वि.सं.२०७८ असार ३१ बिहीवार १५:१० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...