back
CTIZAN AD

सर्वोच्चको परमादेशअनुसार संसद अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

वि.सं.२०७८ असार ३१ बिहीवार

726 

shares

असार ३१, काठमाडौं । सरकारले प्रतिनिधि सभा बैठक साउन ३ गते सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाएअनुसार साउन ३ गते अपरान्ह ४ बजे बैठक बोलाउनका लागि सिफारिस गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा अधिवेशन बोलाउने प्रचलन छ।

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ को मध्यरात विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

अदालतले फैसलामा १ साताभित्र अधिवेशन आव्हान गर्न पनि परमादेश जारी गरेको थियो । अदालतको परमादेशबमोजिम मन्त्रिपरिषदले अधिवेशन आव्हानको सिफारिस गरेको हो ।

वि.सं.२०७८ असार ३१ बिहीवार १५:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...