back
CTIZAN AD

एघार महिनाको अवधिमा एक हजारले गरे गर्भपतन

वि.सं.२०७८ असार ३१ बिहीवार

717 

shares

३१ असार, डोटी । जिल्लामा एघार महिनाको अवधिमा एक हजार सात जनाले गर्भपतन गराएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ ।कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ ।

जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।

सदरमुकाममा चाप एवं स्वास्थ्य संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

यसैगरी आदर्श गाउँपालिकामा १६९, केआइसिंह गाउँपालिकामा १६२, शिखर नगरपालिकामा १२९ र जोरायल गाउँपालिकामा १२० महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सायल गाउँपालिकामा ७८, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० ले सुरक्षित गर्भपतन गराएको जनाइएको छ ।

विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

जिल्लामा वर्षा शुरु भई विभिन्न ठाउँमा बाढीपहिराको जोखिम बढेकाले बच्नका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले यहाँका दुई स्थानीय तहमा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहजीकरण तथा पश्चिम विपद् पूर्वतयारी परियोजनाले शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा मात्रै रु १९ लाख बराबरका विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको हो ।

जिल्लामा परियोजनाको सहजीकरणमा गठन भएका सामुदायिक विपद् तथा जलवायू उत्थानशील समितिलाई क्रमशः उक्त सामग्री वितरण गरिने रेडक्रस शाखाले जनाएको छ ।

हस्तान्तरण गरिएका सामग्रीमा वर्षातमा आइपर्ने विभिन्न विपद्लाई समाधान गर्न आवश्यकपर्ने औजारलगायत व्यक्तिगत सुरक्षा सामग्री रहेका रेडक्रसका परियोजना फिल्ड कोडिनेटर रवीन ढकालले जानकारी दिए ।

वि.सं.२०७८ असार ३१ बिहीवार १५:५१ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...