back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ६ कोरोना संक्रमितको मृत्यु, ३६० संक्रमित

वि.सं.२०७८ असार ३१ बिहीवार

864 

shares

३१ असार, काठमाडौं । गण्डकी प्रदेशमा आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा आज नवलपरासीपूर्वका ३, स्याङजा, कास्की, र पर्बतका १/१ जना गरी ६ जनाको मृत्यु भएको हो । प्रदेशमा बुधबार मृतकको संख्या शून्य रहेकोमा आज बिहीवार ६ जनाको मृत्यु भएको हो ।

बिहीवार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १०१४ पुगेको छ ।

त्यसैगरी प्रदेशमा बिहीवार म्याग्दीमा ५, पर्बतमा १, गोरखामा ३९, लमजुङमा ९, तनहुँमा १७, कास्कीमा १८२, वाग्लुङमा २६, स्याङजामा २१ र नवलपरासीपूर्वमा ६० जना गरी ३६० जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७७ जना महिला र १८३ जना पुरुष रहेका छन् । साथै आज प्रदेशमा १७३ जना निको भएका छन् ।

बिहीवार थपिएका ३६० जनासँगै प्रदेशमा हालसम्म ६० हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५६ हजार ६९६ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २८०९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २७११ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

No photo description available.

वि.सं.२०७८ असार ३१ बिहीवार १८:०३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...