back
CTIZAN AD

ओलीले बोलाएको बैठकमा जाने/नजाने विषयमा माधव पक्ष विभाजित

वि.सं.२०७८ असार ३१ बिहीवार

735 

shares

असार ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने वा नजाने भन्ने विषयमा माधव पक्ष विभाजित देखिएको छ । माधव पक्षको मुख्य समूह बैठकमा नजाने निर्णयमा पुगेको छ भने अर्को समूह बैठकमा उपस्थित हुनुपर्ने निर्णयमा देखिएको छ ।

सांसद विरोध खतिवडाले जनाएअनुसार समझदारी विना बोलाईने कुनै पनि बैठकमा माधव पक्ष उपस्थित हुँदैन् । उनले जनाएअनुसार शुक्रबार बोलाइएको बैठकमा पनि माधव पक्षको उपस्थिति हुँदैन् ।

‘समझदारी नभई बोलाईने बैठकमा हामी सहभागी हुँदैनौं’, खतिवडाले भने, ‘भोली बोलाइएको बैठक पनि उहाँहरुको आफ्नो बैठक हो, हामी जाँदैनौं ।’

याे पनि…

ओलीले बोलाएको संसदीय बैठकमा माधव पक्ष नजाने, यस्तो छ माधव पक्षको निर्णय

तर, माधव पक्षीय नेता घनश्याम भुसालले भने शुक्रबारको बैठकमा आफुँहरु सहभागी हुने बताएका छन् । एमाले विवाद समाधान कार्यदलका सदस्यसमेत रहेका उनले बैठकमा नजाने भन्ने प्रश्नै नआउने बताए ।

‘एमाले हामी सबैले बनाएको र यहाँ सम्म ल्याएको पार्टी हो । त्यो पार्टीलाई जोगाउन नै यो हदसम्मको प्रयास भएको अवस्था छ,’ एक अनलाईनसँगको कुराकानीमा भुसालले भनेका छन्, ‘कस्तो अवस्थामा त संसदीय दलको बैठकमा गयौँ भने अहिले नाजाने भन्‍ने प्रश्न नै हुँदैन । हामी जान्छौ सक्रिय । रूपमा सहभागी हुन्छौ । कुरा राख्छौँ, छलफल गर्छौँ ।’

पुनःस्थापित प्रतिनिधि सभामा एमालेको भूमिकाबारे छलफल गर्न ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । उनले माधव पक्षीय सांसदलाई पनि बैठकमा उपस्थितिको लागि निम्तो पठाएका छन् ।

सम्बन्धित समाचार

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, माधव पक्षलाई पनि निम्तो

वि.सं.२०७८ असार ३१ बिहीवार १७:५६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...