back
CTIZAN AD

ओलीले बोलाएको संसदीय बैठकमा माधव पक्ष नजाने, यस्तो छ माधव पक्षको निर्णय

वि.सं.२०७८ असार ३१ बिहीवार

759 

shares

असार ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नजाने भएको छ ।

एमालेका केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले आफ्नो पक्ष बैठकमा नजाने निर्णयमा पुगेको जानकारी दिए । संसार न्यूजसँग कुराकानी गर्दै उनले दुई पक्षबीच समझदारी नभई बोलाईने कुनै पनि बैठकमा आफ्नो पक्ष उपस्थित नहुने निर्णय भएको बताए ।

‘समझदारी नभई बोलाईने बैठकमा हामी सहभागी हुँदैनौं’, खतिवडाले भने, ‘भोली बोलाइएको बैठक पनि उहाँहरुको आफ्नो बैठक हो, हामी जाँदैनौं ।’

पुनःस्थापित प्रतिनिधि सभामा एमालेको भूमिकाबारे छलफल गर्न ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । उनले माधव पक्षीय सांसदलाई पनि बैठकमा उपस्थितिको लागि निम्तो पठाएका छन् ।

तर, माधव पक्षले सबै विषयमा समझदारी नभई ओलीले बोलाएका कुनै पनि बैठकमा नजाने यसअघि नै निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, माधव पक्षलाई पनि निम्तो

वि.सं.२०७८ असार ३१ बिहीवार १७:०९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...