back
CTIZAN AD

आज देशैभरी १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

वि.सं.२०७८ साउन २ शनिवार

864 

shares

२ साउन, काठमाडौं । नेपालमा आज १८७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८५८ पिसीआर र ३२०८ ऐन्टिजेन गरी १०,०६६ वटा नमुना परीक्षणमा १८७५ जना संक्रमित थपिएका हुन् । शुत्रवारको तुलनामा शनिवार संक्रमितको संख्या केही घटेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ५२, ललितपुरमा ७७ जना र काठमाडौंमा २९९ जना गरी उपत्यकामा आज ४२८ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म ३४ लाख ६३ हजार ०५७ पिसीआर र २ लाख ५९ हजार ८३१ विधिबाट गरीएको ३७ लाख २२ हजार ८८८ नमुना परीक्षणमा हालसम्म ७ लाख १४ हजार २१८ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २१६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २१६४ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,५२७ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ९५२ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २३ हजार ४७७ र संस्थागत आइसोलेशनमा २,४७५ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५८३ र भेन्टिलेटरमा १७६ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी २९३६ संक्रमित ४३ जनाको मृत्यु

वि.सं.२०७८ साउन २ शनिवार १७:५३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...