back
CTIZAN AD

विश्वासको मत लिने देउवाको निर्णय, विभाजित देखियो माधव समूह

वि.सं.२०७८ साउन ३ आइतवार

669 

shares

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन गरेको निर्णयले नेकपा (एमाले)को माधवकुमार नेपाल समूह विभाजित बनेको छ । अप्रत्याशित रुपमा मत लिने प्रस्ताव अगाडि आएसँगै माधव समूहका केहि नेता पक्षमा र केहि विपक्षमा देखिएका छन् ।

तत्कालिन समय देउवाको पक्षमा हस्ताक्षर गर्न अगुवाई गरेका केहि नेताहरु मत दिने पक्षमा देखिएका छन् भने एमाले एकताको पक्षमा वकालत गर्ने नेताहरु विपक्षमा देखिएका छन् ।

तथापि देउवाको निर्णयसँगै विभाजित देखिएको माधव समूह सामूहिक निर्णय गर्ने प्रर्यत्नमा जुटेको छ । नेपाल निवास कोटेश्वरमा माधव समूहका सामूहिक धारणा बनाउने कोशिस स्वरुप छलफलमा जुटेका छन् ।

फरक–फरक धारणा

माधव पक्षका नेता भीम आचार्यले अप्रत्याशित रुपमा गरिएको निर्णय एमालेलाई विभाजित गराउने चाल भएको टिप्पणी गरेका छन् । सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै उनले एमाले फुटाउन देउवाले षडयन्त्र गरेको आरोप लगाए ।

‘विश्वासको मत लिन हतार गर्न के जरूरी छ ? एक महिनामा विश्वासको मत लिए हुन्छ चार दिनमा के हतार ?,’ आचार्यले भनेका छन्, ‘त्यो एमालेलाई विभाजित गर्ने कुश्चित षड्यन्त्र अन्तर्गत सबचिज भएको छ, यो एमाले फुटाउने षड्यन्त्र हो।’

तर, माधव पक्षीय नेतृ तथा सांसद रामकुमारी झाँक्रीले भने मत लिने देउवाको निर्णय सहि भएको र माधव पक्षले सघाउने बताइन् । सामाजिक सञ्जालमार्फत आफ्नो भनाई राख्दै उनले अदालतसम्मको कोर्ष पुरा भएको बताउँदै बाँकी कोर्ष पुरा गर्न पक्षमा भोट हाल्नुपर्ने बताईन् ।

उनले देउवाको पक्षमा भोट हाल्नु आफ्नो कर्तव्य नै भएको बताएकी छिन् ।

‘हामीले ७६९५० को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ,१४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ, अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो’ झाँक्रीले सामाजिक सञ्जालमार्फ भनेकी छिन्, ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ, त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं, यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो, हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’

यसअघि शनिबार माधव पक्षका १० सांसद काठमाडौं एक होटलमा भेला भएर देउवाको पक्षमा भोट दिने सामूहिक निर्णय गरेका थिए । सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत १० सांसद देउवाको पक्षमा खुलेर देखिएका थिए । बताइएअनुसार उनीहरु अहिले पनि उक्त होटलमै छन् ।

वि.सं.२०७८ साउन ३ आइतवार १३:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...