back
CTIZAN AD

प्रधानमन्त्रीलाई एमालेले संस्थागत निर्णय गरेरै विश्वासको मत दिन झाँक्रीको आग्रह

वि.सं.२०७८ साउन ३ आइतवार

696 

shares

३ साउन, काठमाडौँ । नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले संस्थागत निर्णय गरेरै प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेकी छन् ।

नेकपा एमालेका २३ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु कर्तव्य भएको बताउँदै उनले सकिन्छ भने एमालेले संस्थागत निर्णय गरेरै प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत आग्रह गर्दै झाँक्रीले भनेकी छिन्‘‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ,’

‘हामीले ७६(५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ ।’ उनले आफूहरुको बाध्यता  स्पष्ट पारेकी छन् ।

अदालतले परमादेश आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कर्तव्य भएको उल्लेख गर्दै झाँक्रीले सांसदहरूलाई संसद्को पूरा कार्यकाल सञ्चालन गर्न विवेक प्रयोग गरी पक्षमा भोट हाल्नसमेत आग्रह गरेकी छिन्।

वि.सं.२०७८ साउन ३ आइतवार १३:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...