back
CTIZAN AD

अदुवा र बेसारखेतीमा किसानको आकर्षण बढ्दो

वि.सं.२०७८ साउन ३ आइतवार

606 

shares

३ साउन, दमौली । तनहुँको घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गरिरहेका छन् ।

शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गरेका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन्। घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएका हुन्।

“अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ”, उनले भने, “तर स्थानीय सरकारले व्यावसायिक रुपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।” हाल उनले चार रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहेका छन् ।

घिरिङ गाउँपालिका–१ अत्रौलीका रोमनाथ पोख्रेलले पनि दुई रोपनी क्षेत्रफलमा बेसारखेती गरिरहेका छन् । “रोपनी भन्दामाथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ,” उनले भने, “अनुदानले हामी जस्ता किसानलाई राहत मिलेको छ ।”

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाएपछि किसान यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालिकाभित्रका नौ किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ ।

निर्वाहमुखी खेती गर्ने किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई अदुवा र बेसारमा आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए । “यो शुरुवात हो, प्रत्येक वर्ष किसानलाई उत्पादनका आधारमा अनुदान दिन्छौ,” उनले भने। उनका अनुसारप्रति रोपनी रु पाँच हजारका दरले किसानलाई अनुदान वितरण गरिएको छ ।

अदुवाखेती गर्ने सात किसानलाई रु एक लाख ४० हजार र बेसारखेती गर्ने दुई किसानलाई रु २० हजार अनुदान दिइएको छ । अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले चार रोपनीबापतको रु २० हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका–१ अत्रौलीका यदुराज पोख्रेलले रु दश हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका–१ अत्रौलीका रोमनाथ पोख्रेलले रु दश हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–३ नेवापानीका लोकबहादुर गुरुङले रु ३० हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–५ किटियाका मीनबहादुर थापाले रु २५ हजार, अदुवाखेती गर्ने घिरिङ–५ मान्फका टोलबहादुर थापा, ओमबहादुर थापा, सोमबहादुर थापा र शेरबहादुर थापाले रु ६५ हजार प्राप्त गरेका छन् ।

गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था आगामी आर्थिक वर्षमा पनि मिलाएको अध्यक्ष थापाले बताए । “यसले गर्दा किसान यसको खेतीतर्फ आकर्षित हुने विश्वास लिएका छौ,” उनले भने ।

गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाईसमेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाई पनि प्रति रोपनी रु पाँच हजारका दरले अनुदान रकम वितरण गरेको छ । गाउँपालिका अनुसार १८ जना किसानलाई उक्त अनुदान रकम वितरण गरिएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १३:२८ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...