back
CTIZAN AD

पक्की कुलो बनेपछि गाउलेमा खुसीयाली

वि.सं.२०७८ साउन ४ सोमवार

1.3K 

shares

४ साउन,मुगु । सोरु गाउँपालिका–४ फोतु गाउँमा पक्की सिचाई कुलो बनेपछि गाउलेमा खुसीयाली छाएको छ ।

बिस २०४७ सालमा ५ हजार बजेटले बनेको उक्त सिचाई कुलो यो पटक मुहानदेखि जिउलासम्म पक्की नहर बनेपछि फोतु गाउँका स्थानीयमा उत्साह छाएको छ ।

शहर केन्द्रीत बिकास पछिल्लो समयमा दुर्गम बस्तीमा पुग्न थालेका छन् । सरकारको पहुँच भन्दा बाहिर रहेका गाउँका निमुखा स्थानीय बिकास पुग्न थालेपछि खुशी हुन थालेका छन् ।

४७ सालमा तत्कालिन जिल्ला पंचायतबाट ५ हजार रकम ल्याएर बनाएको सिचाई कुलो झण्डै ३२ बर्षपछि पक्की बनेपछि खुशी छाएको फोतु गाउँका ७१ बर्षिय गोर्खबहादुर शाहीले बताउँछन् । उतिबेला कामदारले प्रतिदिन ५ देखि १० रुपैयाँ ज्याला खाएर कुलो बनाएको शाहीले सुनाउछन् ।

पक्की कुलो बनेपछि सबैलाई सहज भयो
दुर्गम गाउँ भने, नेता कर्मचारी कोही नआउने हामीले भनेको कसैले नसुन्दिने पुरानै कुलोबाट दुःख कष्टसहित खेतबारी सिचाई ग¥यौ अहिले पक्की कुलो बनेपछि सबैलाई सहज भएको छ ।

जिल्ला सिचाई कार्यालयको समन्वय र कर्णाली प्रदेश सरकारको ३० लाख आर्थिक सहयोगमा ३ सय २० मिटर र आरसिडिसीबाट बन तथा वाताबरण मन्त्रालयको र बिश्व खाध कार्यक्रमको सहयोगमा सन्चालित क्याप्स कर्णाली परियोजनाको सहयोगमा स्थानीय समुदायको खाद्य सुरक्षा तथा जलवायुका चुनौती अनुकुलनका सोरु गाउँपालिका वडा न ४ को फोतु गाउँमा २१ लाख ९१ हजार बजेटको लगानी गरि ३ सय ५० मिटर गरि कूल ७ सय ७० मिटर पक्की कुलो बनेको हो ।

फोतु गाउका स्थानीयको आबश्यकता अनुसार ३ सय ५० मिटर सिचाइ कुलो निर्माणका क्रममा त्यहाँका महिला–पुरुषले पनि काम पाएका थिए । जसमा अदक्ष कामदारले ११ सय ६१ दिन र दक्षले १ सय ४९ दिनको ज्याला पाउँदा स्थानीयहरु हर्षित भएको आरसिडिसी संस्था कार्यकारी निर्देशक जर्मन नेपालीको भनाई छ ।

यो पटक दुई वटै निकायले फोतु गाउँका स्थानीयको दुःख मर्का बुझेर कुलो निर्माणमा प्राथमिकता दिएको स्थानीयको भनाई छ ।

कुलो बनेपछि पानी खेतमै पसग्न थाल्यो
आरसिडिसी र प्रदेश सरकारले यो पटक पक्की सिचाई कुलो बनाई दिएपछि खेतमा धान रोप्न सजिलो भएको फोतु गाउँकै बिर्खबहादुर शाही बताउँछन् ।

पहिले धान रोप्ने बेला मुहानबाट पानी ल्याउन सारै दुःख हुन्थ्यो उनले भने ठाउँ–ठाउँमा पानी छिरेर खेतमा कम पानी पुग्दा रोप्नै मुश्किल हुने पानी नपुगेर केही खेत बाँझै रहने अब कुलो बनेपछि खोला भएको सबै पानी खेतमै पुग्न थाल्यो भने अर्कोतर्फ कुलो निर्माणमा सहभागी महिला पुरुषले पैसा कमाउन पाएका छन् । एकतिर गाउँमा कुलो बन्यो अर्कोतिर पैसा कमाएर नुन तेल चामल किन्न थप सुबिधा भएको स्थानीयको भएको स्थानीय बताउँछन् ।

पक्की सिचाई कुलो बने लगतै अन्नबाली कुटानी पिसानी गर्ने आधुनिक घट्ट र गाउँमा बत्ती बाल्ने फोतु गाउँका स्थानीयको सोच पलाएको छ ।

उक्त कार्य निर्माणको लागि गैसस र सरकारी निकाय सित बजेटको माग गर्न थालेका छन । अर्का बिर्जन शाही भन्छन कुलो बनिसक्यो अब बत्ती र घट्ट बनाउने सोचमा छौ । सिचाई कुलो बनेपछि बल्ल गाउँमा बिकास पुगेको अनुभव भएको उनले सुनाए ।

बिस २०१० साल अघि तललिब्रु गाउँमा जंगबीर शाही, मनबीर शाही, ओम प्रसाद देवकोटा लगायतका चार–पाँच जना ब्यक्तिले फोतुमा बाँझो जमिन खनजोत गरि कोदो, चिनु, काउनी, मास बाली लगाएको र सो बाली अत्याधिक फल्न थालेपछि स्थायीरुपमा बसोबास सुरु भएको फोतु गाउँमा अहिले ठकुरी दलित र क्षेत्रि गरि झण्डै २५ घरधुरी भन्दा बढी पुगेको छ ।

चालु आर्थिक बर्षमा सोरुमा पाँचवटा सिचाइ कुलो
संस्थाले गत चालु आर्थिक बर्षमा सोरु गाउपालिकामा ५ वटा सिचाइ कुलो सम्पन्न र दुई करिव वटा निर्माधिन अबस्थामा छन त्यसैगरी खानेपानी, ग्रामिण आलु भण्डार तथा गैरकाष्ट बनपैदावार संकलन, बिद्युत लगाउत अन्य कृषि बन उद्योग लगायतका क्षेत्रमा कार्य संचालन गर्दै आएको परियोजना इन्जिनियर केदार बमको भनाई छ ।

त्यसैगरी खत्याड गाउपालिकामा तीनवटा सिँचाई योजना सम्पन्न र ४ वटा सिचाई अन्तिम चरण रहेको संस्थाले जनाएको छ । उक्त गाउपालिकामा महिला सामुदायिक भवन निर्माण बनपैदावार संकलन भवन ग्रामिण आलु भण्डारी, गरा सुधार निर्माण गरिएको इन्जिनियर धनसिह रोकायाले बताए ।

 

वि.सं.२०७८ साउन ४ सोमवार १३:४७ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...