back
CTIZAN AD

होण्डा ग्राजिया अब नयाँ मोडलमा

वि.सं.२०७८ साउन ५ मंगलवार

1.1K 

shares

५ साउन, काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपाली बजारमा होण्डा ग्राजियाको नयाँ मोडल बिएसभिआइ लन्च गरेको छ ।

आकर्षक र स्टाईलिस लुक रहेको १२५ सिसिको यो नयाँ मोडलमा व्यावहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको आयतकर्ता कम्पनीले जनाएको छ ।

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडो मिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत प्रयोगकर्ताहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्नेछन् ।

होण्डाको पिजिएम–एफआइ (प्रोग्राम फ्यूल इन्जेक्टर)टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ ।

ग्राजियाको यो नयाँ बिएसभिआइ मोडलमा सवारी जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडिलिङ स्टप रहेको छ भने नयाँ बिएसभिआइ मोडलमा इन्जिन स्टार्ट/स्टप स्विच रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसिजि सहितको साइलेन्ट स्टार्ट, इपिएस टेक्नोलोजीको साथ हिट इन्जिन जस्ता अन्य विभिन्न उपयोगि विशेषताहरु रहेको छ ।

नेपाली बजारमा ग्राजिया बिएसभिआइ मोडलको मूल्य रु.२,६९,९०० रहेको छ भने ग्राजिया बिएसभिआइ डिएसएस मोडलको मूल्य रु.२,८९,९०० रहेको छ ।

 

 

वि.सं.२०७८ साउन ५ मंगलवार १७:१९ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...