back
CTIZAN AD

माधव पक्षको निष्कर्ष : स्पष्टीकरण सोधेर ओलीले एकता प्रक्रियामा भाँजो हाले

वि.सं.२०७८ साउन ६ बुधवार

702 

shares

साउन ६, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको निष्कर्ष निकालेको छ । पार्टी एकताको प्रक्रिया चलिरहेको बेला स्पष्टीकरण सोधेर एकतामा भाँजो हालिएको माधव पक्षको निष्कर्ष छ ।

बुधबार स्थायी समिति बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै माधव पक्षीय नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुको औचित्य नभएको बताए ।

‘स्पष्टीकरण सोध्नुपर्ने विषय नै होइन, एकता वार्ता चलिरहेको छ’, पन्तले भने, ‘उहाँहरूले १० बुँदे प्रस्तावलाई केन्द्रीय कमिटीले स्वीकार गरिसकेको भन्नुभएको अवस्थामा फेरि स्पष्टिकरण सोध्नु भनेको एकता प्रक्रियामा भाँझो हाल्ने काम हो ।’

उनले ओली पक्षले अपनाएको शैलीले एकतालाई असर पु¥याउने माधव पक्षको निष्कर्ष छ । नेता पन्तले अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकोले स्पष्टीकरणको कुनै अर्थ नरहेको बताए ।

माधव पक्षको बैठक चलिरहेको बेला बुधबार ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएको भन्दै २२ जनालाई स्पष्टीकरणको पत्र पठाएका थिए । पत्रमा स्पष्टीकरण दिन २४ घण्टे समयसीमा तोकिएको छ ।

पत्रमा निष्कासन गर्न नपर्ने कुनै कारण भए स्पष्ट पार्न भनिएको छ ।

वि.सं.२०७८ साउन ६ बुधवार १६:५३ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...