back
CTIZAN AD

रामपुरको इलाका प्रशासन कार्यालयमा प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा

वि.सं.२०७८ साउन ६ बुधवार

651 

shares

६ साउन, रामपुर (पाल्पा) । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् ।

कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् । यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ ।

यस कार्यालयमा सेवा प्राप्त गर्न नसकेपछि नागरिकहरु सदरमुकाम तानसेन नै पुग्नुपरेको छ । सडकको समस्याका साथै टाढा भएकाले खर्चिलो हुँदा यहाँका स्थानीयवासीले सास्ती बेहोर्नु परेको रामपुरकी शिवकुमारी वाग्ले बताउँछिन् ।

“सिंहदरबारको अधिकार गाउँगाउँ भने पनि बेलाबेलामा कर्मचारी समस्याले हामी गाउँका नागरिकले समस्या भोग्नु परेको छ, वर्षायामको समय सदरमुकाम आउनजान सडक भत्किने, पहिराको समस्या, अर्कोतर्फ सदरमुकामसम्म आवतजावतको खर्चले नागरिक मारमा परेका छन्”, उनले भनिन् ।

गृह मन्त्रालयको २०७७ साल चैत १६ को निर्णयानुसार यस इलाका प्रशासन कार्यालय रामपुरमा प्रमुख तोकिएको भनिए पनि अहिलेसम्म आइपुगेका छैनन् । कार्यालय प्रमुख कहिले आउने भन्ने बारेमा जानकारी केही नभएको कार्यालयका खरिदार आशिष श्रेष्ठ बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले पटकपटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरुवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको बताउँछन् ।

कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको पाण्डेयले बताएका छन् । “कार्यालय प्रमुखमा हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालको दरबन्दी परेको छ, अर्याल आफैँले पहिला रामपुरमा सरुवाको माग गरे तर अहिले उनले जान नमानेपछि कार्यालय प्रमुखको समस्या परेको छ, अब हामी हप्तामा एकपटक कार्यालयबाट सेवा दिने प्रयासमा लाग्नेछौँ”, प्रजिअ पाण्डेयले भने ।

आर्थिक वर्षको अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोबार सञ्चालन गर्ने गरी कार्यभार तोकेर काम गरेको छ । पूर्वी पाल्पावासीलाई सहज सेवा उपलब्ध दिने उद्देश्यले स्थापना गरिएको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

यसभन्दा अघि यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा मङ्गलबार र बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरिएको थियो । अहिले भने यी सेवासम्बन्धी व्यवस्था नहुँदा सदरमुकाम तानसेन नै जानुपर्ने समस्या हट्न सकेको छैन ।

यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिइरहेका छन् ।

यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठजना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल एक, कार्यालय सहयोगी दुईजनाको दरबन्दी छ ।

हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक खरिदार कर्मचारी, करारमा एक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगी रहेका छन् । सह–लेखापाल श्रीकृष्ण न्यौपाने गत फागुन ७ गते सरुवा भएर काठमाडौँ गएपछि मालपोत कार्यालयका कर्मचारी सुरेशप्रसाद गैरेले मालपोत र इलाका प्रशासन कार्यालयमा सेवा दिँदै आएका छन् ।

जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका नागरिकलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले सो कार्यालयको उद्घाटन गरेका थिए ।

वि.सं.२०७८ साउन ६ बुधवार १७:०६ मा प्रकाशित

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...