Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

मुग्लिन–नारायणघाट सडक खण्डको समस्या कसरी समाधान गर्ने ? वरिष्ठ इन्जिनियर रिमालको सुझाब यस्तो



साउन ८, काठमाडाैं । वर्षा लाग्यो की चिन्ता बढ्यो । मुख्यतः काठमाडाैंदेखि मुग्लिङ हुँदै नारायणघाट जोड्ने सडकले हजारौं यात्रु बिचल्ली बनायो । करीब २२ वर्ष अगाडी कृष्णभिरले धेरैलाई रुवाएको थियो । त्यसो त मुग्लिङ्ग-नारायणघाट सडकले प्रत्येक एक दशकमा निकै बढी र वर्षेनी भने वर्षामासमा निकै सास्ती दिन्छ । यो वर्ष पनि दुलाहा रोकिएको, बिरामी फर्किएको, ढुंगा खसेर आत्थु-आत्थु बनाएको र यात्रुहरु अलपत्र पर्नु परेको समाचारले धेरैको ध्यानाकर्षण गरायो ।

नेपालकै लाइफलाइन मानिने यो सडक खण्डमा वर्षेनी किन यस्तो समस्या आइरहन्छ ? तत्काल र दीर्घकालीन समाधानका उपाय के होलान् ? यस्तै सन्दर्भमा केन्द्रीत रहेर संसारन्यूजले सो सडकको मुग्लीन मुकाममा ८ महिनादेखि कार्यरत वरिष्ठ इन्जिनियर अमृतमणि रिमालसँग केहि जिज्ञासा राखेको थियो । प्रस्तुत छ रिमालसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश :

बाढी पहिराेले समस्या नबनाउने गरी सडक बनाउन सकिन्छ कि सकिँदैन् ? के नेपालकाे भाैगाेलिक अवस्था त्यस्ताे बनाउने खालकाे छैन् ?
सकभर हिरो, बाढीबाट बचाउने गरी नै सडक निर्माण गरीएको हुन्छ । विकसित भनिएका देशमा समेत कहिलेकाही समस्या त देखिएकै छन् । तर हाम्रोमा अलिकति बढि भएकै छ । यसो हुनुमा केहि समसयाहरु छन । खासगरी मुग्लिंग नारायणघाट सडक ठूलो बनाउँदा कटिंग गर्नुपर्यो । त्यसले त्यहाँको भू–सन्तुलनमा समस्या पैदा गरेको छ । यो बिषयमा थप अध्ययनको क्रममा छाैं ।

अभ्यासमा रहेको सार्वजनिक खरिद ऐनका कारण पनि नतिजा राम्रो आउन सकेको छैन । १०० मा इष्टिमेट गरीएको काम प्रतिस्पर्धाका नाउँमा ६० मा गर्छु भन्नेलाई दिनुपर्ने हुन्छ । गर्दैन, राम्रो हुँदैन भनेर काम नदिने हो भने मुद्धा मामिलाको झन्झट ब्यहोर्नु पर्ने हुन्छ ।

यस्तो हुनुका खास कारण के के होलान ?
हामी दीर्घकालीन योजनाका आधारमा सडक संरचना बनाउने कुरोमा जोड दिंदै आएका छौं । त्यै पनि समयानुकुल ब्यवस्थापन हुनसकेको छैन । फराकिलो बनाउन खोज्दा हुने प्रकृति माथिको प्रयासलाई कहिलेकाहि प्रकृतिले नै सहन गर्न नसकेको देखिन्छ । भूगर्वमा डिस्टर्व हुँदा यस्तो बिपति सहनुपर्दछ पनि । यसैगरी स्थानीय तहले जनसुबिधाका नाउँमा बिना डिजाइन खनिएका शाखा सडकले जमिन थिल्थिल्याएको पनि देखिन्छ । खनिएका माटो र गेगरजति मुख्य सडकमा आएर थुप्रिने गरेको छ । मुग्लिङ्ग नौबिसे खण्डमा यो अर्को समस्या बनेको छ । बैरेनी बजार बालुवा भण्डार भएजस्तै धेरै ठाउँमा समस्या देखिएको छ ।

यसमा नीतिगत समस्या पनि त हाेलान नि, हाेइन ?
हो, केहि नीतिगत असहजताहरु पनि छन् । सडक बनाउँदा थोरै पैसाले धेरै बनाउनुपर्ने बाध्यताहरु छन । नेपालको निर्माण उद्योग संस्थागत, व्यवस्थित र प्रविधियुक्त बन्न सकेको छैन । अभ्यासमा रहेको सार्वजनिक खरिद ऐनका कारण पनि नतिजा राम्रो आउन सकेको छैन । १०० मा इष्टिमेट गरीएको काम प्रतिस्पर्धाका नाउँमा ६० मा गर्छु भन्नेलाई दिनुपर्ने हुन्छ । गर्दैन, राम्रो हुँदैन भनेर काम नदिने हो भने मुद्धा मामिलाको झन्झट ब्यहोर्नु पर्ने हुन्छ । यो सत्य हो की कोहि मानिसले देश र समाजको सेवाका लागि भनेर ठेक्कापट्टामा हातहालेको हुँदैन । धेरै घटेर काम गर्न खोज्नेले कमसल बनाउन बाध्य हुन्छ ।

सम्बद्ध कर्मचारी र निर्माण व्यवसायीको साँठगाँठ पनि यस्ता समस्यामा जिम्मेवार छन् भनिन्छ नी ?

नीतिगत लुपहोलमा पसेर काम गर्ने एक दुई घटनालाई लिएर आमकर्मचारीलाई जोडनु राम्रो होइन । हामीले बिल पास गर्ने र छाप लगाउने काम समेत सम्बन्धित व्यवसायीलाई नै दिने ब्यबस्था गर्न सक्याैं भने यस्तो आरोप आउने ठाउँ नै रहँदैन । हामीले यहि कुरामा जोड दिएका छौं । कमसल काम गयो, राज्यलाई ठग्यो भने सम्बन्धित कम्पनी जिम्मेवार बनाइ कडा कारवाहि गर्न सक्ने व्यवस्थाका लागि हामीले विभागमार्फत कुरो बढाएकै छौं । अनियमितताको जालो तोडन र कमिशनतन्त्र ब्रेक गर्न हामीले ठोस पहल बढाउनु पर्ने भएको छ ।

असार महिनाभरी मुग्लिङ्ग नारायणघाट सडकमा नागरिकले बढी दुःख पाएनी ?
हो, बिगतका केहिबर्ष यता हेर्दा खासगरी मुग्लिङ– नारायणघाट क्षेत्रमा यो पटक बढि डिस्टर्व भयो । सडक विभागले राजमार्गमा अवरोध तथा पहिरो पन्छाउने सामानहरु तयारी अवस्थामा राख्दा राख्दै र कामगर्दा गर्दै पनि धेरै ठाउँमा प्रकोप बढेको कारण जटिलता भएजस्तो देखिएको हो । कुनै पनि विपत्ति बाजा बजाएर नआउने कुरो जानेरै हामीले सकेसम्म शिघ्र काम गर्नमा जोड दिँदै आएका छौं । अचानक र धेरै संख्यामा भएको क्षतिका बाबजुद् बाटो खुलाउन हामीले सकेसम्म कोशिस गरेका हौं । त्यहाँ शिव खनाल लगायतको टिमले सकेसम्म प्रयास गरेकै हो ।

गजुरीमा जनप्रतिनिधिहरुसँग छलफल पछि

मुख्य सडकको यो समस्या सल्टयाउने रणनैतिक उपाय के-के हुन जस्तो लाग्छ ?
सडकका योजना बनाउँदा नै खास ध्यान दिइनुपर्दछ । यसअघि मैले भनेको जस्तो दक्ष निर्माण व्यवसायीले आफैलाई जिम्मेवार बनाउने परीपाटी बसालिनु पर्दछ । सार्वजनिक खरीद लगायतका केहि नीतिगत काम गर्नुपर्दछ । सडक बिस्तार र मर्मतका काममा जाँदा जाली भर्ने र वृक्षारोपणका काममा बढि ध्यान पुर्याउनु पर्दछ । जमिन प्रयोगको नक्शा बनाइ योजनामा चल्नुपर्दछ । स्थानीय शाखा उपशाखा सडक बनाउदा राजमार्गसँग प्रत्यक्ष समन्वय गरी काम गराउनुपर्दछ । यति गर्दागर्दै पनि समस्या बिकसित देशमा पनि आएका छन् । हामीले यो मुख्य लाइफलाइनलाई यात्रा मैत्री बनाउन त्रिशुली तथा जोडिएका नदि र सडकका दुवै तर्फ रोड बनाउनु पर्दछ । सितापाइला धार्के सडक व्यवस्थित गर्नुपर्दछ । जुुन बिषय हामीले विभाग र मन्त्रालयमा भन्दै आएका छौं ।

हामीले यो मुख्य लाइफलाइनलाई यात्रा मैत्री बनाउन त्रिशुली तथा जोडिएका नदि र सडकका दुवै तर्फ रोड बनाउनु पर्दछ । सितापाइला धार्के सडक व्यवस्थित गर्नुपर्दछ । जुुन बिषय हामीले विभाग र मन्त्रालयमा भन्दै आएका छौं ।

यसबाहेक अरु विषय पनि केहि छन की ?
म एउटा विज्ञानको विद्यार्थी भएपनि सरकारी सेवामा रहेर गरेको अनुभवका आधारमा लागेको कुरा के हो भने हामीले शिक्षा क्षेत्रलाई नीजिकरण गरेर मानव मनोबिज्ञानलाई ब्यक्तिवादी, स्वार्थी र पैसामुखि बनाएका छौं । यसमा पुनरावलोकन हुन जरुरी छ । अहिले राज्य आफै समाजवादी भनेका बेला देशको जनशक्तिलाई तदअनुरुप अभिमुखिकरण गर्नु पर्दछ । अहिले पनि सडक प्रयोगकर्ताको व्यवहार सभ्यतामैत्री हुनसकेको छैन । लेन अनुशासन मानिदैन । यसका लागि सडकसँग जोडिने प्रशासन, प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायसँगको समन्वय चुस्त बनाउनु पर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।