८ साउन, काठमाडौं । बागमती प्रदेशमा विहीवार थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ६१ वर्षीया महिला र ३६ वर्षीय पुरुष गरी २ जना, ललितपुरका ६५ र ४८ वर्षीय २ पुरुष र ९१ वर्षीया महिला गरी ३ जना, काभ्रे पलान्चोकका ५९ वर्षीय पुरुष, धादिङका ६१ वर्षीय पुरुष र ९१ वर्षीया महिला गरी ८ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विहीवार मृत्यु भएका ८ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ३९९६ पुगेको छ ।
त्यसैगरी विहीवार प्रदेशमा पिसीआर र ऐन्टिजेन गरी ६,४४६ नमुना परीक्षण गरिएकोमा १०७३ जना संक्रमित थपिएका छन् । बुधवारको तुलनामा विहीवार संक्रमित हुनेको संख्या केही घटेको छ ।
विहीवार थपिएका १०७३ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६३ हजार ३६१ पुगेको छ । साथै कूल संक्रमित मध्ये ३ लाख ५० हजार ४० जना संक्रमणबाट मुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा हाल ९ हजार ३२५ जनाको उपचार भइरहेको छ ।
बागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९८८ पुग्यो
वि.सं.२०७८ साउन ८ शुक्रवार ०९:१६ मा प्रकाशित






























