back
CTIZAN AD

ताप्लेजुङको मौवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्दै

वि.सं.२०७८ साउन ८ शुक्रवार

780 

shares

८ साउन, फुङ्लिङ । ताप्लेजुङको मौवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्ने भएको छ ।

सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया शुरु भएसँगै अब मौवाखोला गाउँपालिका सकुम्बासीविहीन बन्ने भएको हो । यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका–४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो । गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहैनन् । जग्गा पास गरिदिन वडाध्यक्ष पूर्णाहाङ लिम्बूसहित जिल्ला मालपोत कार्यालय फुङ्लिङमा आएका थिए।

निङ्माका श्रीमान् पेम्बा बेपत्ता भएको २२ वर्ष पछि बल्ल उनले आफ्नै नाममा जग्गा प्राप्त गरेकी छन्। श्रीमान्का नाममासमेत जग्गा नभएपछि ४० वर्षदेखि साहुको जमिन अधियाँ कमाएर गुजारा चलाइरहेकी उनकी दुई छोरीको विवाह गरेपछि घरमा एक्लै भएकी छन् ।

उनका आफ्नो कमाइले जमिन जोड्न कल्पना बाहिरको कुरा थियो । सुकुम्बासीमुक्त पालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकाले उनलाई जग्गा खरिद गरेर जग्गाधनी पूर्जा उपलब्ध गराइदिएपछि उनी अहिले दङ्ग परेकी छिन् । आगामी आर्थिक वर्षमा घरसमेत बनाइदिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए ।

गाउँपालिकाभित्र जमिनविहीन परिवारको तथ्याङ्क वडा कार्यालयमार्फत सङ्कलन कार्य भइरहेको चोङपाङले बताए । आफ्नो नाममा जमिन नभएका स्थानीयवासीको पहिचान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा जग्गा खरिद गरिदिने र चालू आर्थिक वर्षमा घरसमेत बनाइदिने गाउँपालिकाको योजना भएको मैवाखोला गाउँपालिकाका सूचना अधिकारी मदन तिवारीले बताए। त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गरेको उनले बताए ।

सुकुम्बासीका लागि अहिले जग्गा खरिद कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताइन्। सुकुम्बासी भनेर समाजले लगाइदिएको ट्याङ अब हटेको अर्का स्थानीयवासी फूर्वा ग्याल्जेन शेर्पाले बताए । उनलाई पनि गाउँपालिकाले दुई रोपनी जग्गा खरिद गरिदिएको छ ।

“तेरो नाममा जग्गा घर केही छैन भनेर समाजले फरक व्यवहार देखाउने गरेको थियो”, उनले भने, “अब त मेरो नाममा पनि जग्गा छ ।” बाजेले जमिन बेचेर खाएपछि उनका परिवार रैथाने भएर पनि दुई पुस्तादेखि गाउँमै सुकुम्बासी बनेको थियो । साहुको चार रोपनी अधियाँ कमाएर उनले छ जनाको परिवार पालिरहेका थिए ।

बाबु र बाजेका नाममा समेत घरजग्गा भएका परिवारलाई सुकुम्बासी भनेर पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा पहिलो पटक मैवाखोलाले यस्तो योजना ल्याएको हो । वडा नं ५ र ६ का सुकुम्बासीले चार÷चार रोपनी र अन्य वडाकालाई दुई÷दुई रोपनीका दरले जग्गा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो । उनीहरु नयाँ ठाउँमा बस्न नरुचाउने गरेकाले हामीले जहाँ बस्दै आएका छन्, त्यहीँको जग्गा खरिद गरेर दिएको तुम्बापोको भनाइ छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १७:२१ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...