१० साउन, काठमाडौँ । युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी साउन ३१ गते सभा आह्वान गरेको हो ।
कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, बाह्य लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

वि.सं.२०७८ साउन १० आइतवार १४:५७ मा प्रकाशित





























