back
CTIZAN AD

५४ अकंले बढ्यो नेप्से, ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

वि.सं.२०७८ साउन १० आइतवार

552 

shares

१० साउन, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अकंले बढेको छ । आज बजार परिसूचक ५४ दशमलव ३१ अकंले बढेर समग्र परिसूचक ३०५८ दशमलव ६३ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ७४ अकंले बढेर ५७४ दशमलब ०२ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२३ कम्पनीको १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४१२ रुपैंया बराबरको ४ करोड ३९ लाख ३८ हजार २१२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ३९ हजार ३ सय ४० पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक, ग्लोबल आईएमी बैंक, एनसीसी बैंक, अरुण काबेली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा लक्ष्मी इक्यूटी फण्ड, सनराईज फस्ट म्यूचल फण्ड, ग्लोबल आइएमई समुन्नत योजना १, लक्ष्मी उन्नती कोष लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज ९ कम्पनीको सेयर मुल्यमा १० प्रतिशतले वृद्धि आएको छ । आज विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सर्पोट लघुवित्त, राधी विद्युत कम्पनी, पञ्चकन्या माई हाईड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाईड्रोपावर, यूनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनीको सेयर मुल्य १० प्रतिशतले वृद्धि भएको हो । आज सबै भन्दा धेरै गुमाउनेमा लक्ष्मी उन्नती कोष, कुमारी इक्यूटी फण्ड, ओरियन्टल होटल्र्स, प्रभु सेलेक्ट फण्ड लगायतका कम्पनीमा लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा १३६ कम्पनी लागनीकर्ताले कमाउदाँ ४० कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ७ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ साउन १० आइतवार १५:३७ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...