back
CTIZAN AD

माधव पक्षीय २२ सांसदहरुको एकै स्वर: सरकारमा जानुपर्छ

वि.सं.२०७८ साउन १३ बुधवार

672 

shares

साउन १३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय सांसदहरुले सरकारमा सहभागी हुनुपर्ने मत राखेका छन् । बुधबार भएको छलफलमा उनीहरुले यस्तो मत राखेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

‘सबै सांसदहरुले सरकारमा सहभागी हुनुपर्छ भन्नुभएको छ, हामी सबै एक छौँ, माधव नेपालले पनि सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म भन्नुभएको छैन’, उनले भनेका छन् ।

नेता नेपालले बुधबार आफू निकट २२ सांसदलाई बोलाएर सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावबारे सुझाब मागेका थिए । बुधबार नेपालले सुझाब मागेकामध्ये अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने सुझाब राखेका थिए ।

त्यस्तै पार्टी अध्यक्ष ओलीबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको सन्दर्भमा सांसदहरुले प्रस्ताव स्वीकार गर्न नसकिने सुझाब दिएको बताइएको छ । सांसदहरुले ओलीको प्रस्ताव भर पर्न सक्ने नभएको बताएका छन् ।

वि.सं.२०७८ साउन १३ बुधवार १७:५६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...