back
CTIZAN AD

कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै कोरोना खोप उपलब्ध गराउन सरकारलाई शिक्षा समितिको निर्देशन

वि.सं.२०७८ साउन १३ बुधवार

735 

shares

१३ साउन, काठमाडौँ । कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले साउन ३१ गते शुरु हुने कक्षा १२ का विद्यार्थीलाई परिक्षा अगावै खोपको व्यवस्था गर्न निर्देशन दिएको हो ।

कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफलमा यस्ताे  निर्देशन गरेको हाे । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न समेत निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले बताइन् ।

यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न कठिनाइ हुने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न सुझाव दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म सञ्चालन गर्ने गरी तालिकासमेत सार्वजनिक गरिसकेको छ । बोर्डले कोरोना महामारीका कारण यसपटक होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने व्यवस्था गरेको छ ।

 

वि.सं.२०७८ साउन १३ बुधवार १८:३२ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...