back
CTIZAN AD

बलात्कारी पत्ता लगाई कारबाही गर्न सांसद शर्माको माग

वि.सं.२०७८ साउन १३ बुधवार

594 

shares

१३ साउन, काठमाडौँ । राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै उचित छानबिन गरी दोषी पत्ता लगाई कारबाही गररे पीडितलाई न्याय दिन माग गरे ।

सांसद विमला घिमिरेले भनिन्, “गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करीब चार हजार २०० विद्यालयका लागि रु छ अर्ब रकम विनियोजन भएअनुसार खर्च भएको थियो, स्तरोन्नतिमा खर्च भएको छ, यो वर्ष पनि थप रकम विनियोजन भएको छ, तर सरकार फेरिएसँगै त्यो रकम खर्च नहुने हो कि भन्ने शङ्का बढेको छ, त्यसो नहोस् ।”

विमला राई पौडेलले औपचारिक वा अनौपचारिक कुनै पनि क्षेत्रमा काम गर्ने घरेलु कामदार कोरोना भाइरस फैलिएसँगै जोखिममा रहेको जनाउँदै सङ्घीय सरकारले वडास्तरमा घरेलु श्रमिकको पञ्जीकरण गर्दै परिचयपत्र वितरण गररे प्राथमिकताका साथ कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरिन् ।

सांसद शारदादेवी भट्टले भनिन्, “निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन, त्यसका बारेमा रहस्य छ, कतै गरीबको छोरी बलात्कार भएकै कारण पत्ता नलागेकै हो कि रु म जतिसक्दो चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न अनुरोध गर्दछु ।”

सिङ्गबहादुर विश्वकर्माले नागरितासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो पारित हुने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । सांसद विना पोखरेलले राष्ट्रियसभामा खानेपानीको व्यवस्थासँगै सरसफाइमा ध्यान दिन आग्रह गरे ।

वि.सं.२०७८ साउन १३ बुधवार १७:३९ मा प्रकाशित

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...