१२ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बुधवार ८ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बुधवार कास्कीका ४, स्याङजामा २ तथा बागलुङ र नवलपरासीपूर्वका १÷१ गरी ८ जनाको मृत्यु भएको हो । बुधवार थपिएका ८ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०७४ पुगेको छ । प्रदेशमा केही दिनयता मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
त्यस्तै प्रदेशमा आज म्याग्दीमा ३२, पर्वतमा २१, गोरखामा ४७, लमजुङमा २०, तनहुँमा ६०, कास्कीमा २५५, वाग्लुङमा ६३, स्याङजामा ५० र नवलपरासीपूर्वमा ७७ जना गरी ६२५ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २९० जना महिला र ३३५ जना पुरुष रहेका छन् ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार आज थपिएका मध्ये सबैभन्दा बढी संक्रमित कास्कीमा २५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
बुधवार थपिएका ६२५ जनासँगै प्रदेशमा हालसम्म ६६ हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६१ हजार ३७० जना निको भइसकेका छन् ।
प्रदेशमा हाल ३८४५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३५३२ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १७:२७ मा प्रकाशित






























