१४ साउन, काठमाडौँ । भारत र श्रीलंका बिचको दोस्रो टि २० मा भारत ४ विकेटले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । भारतका लागि ४ खेलाडीले मात्र दोहोरो अकंमा रन जोड्न सकेका थिए । कप्तान शिखर धवन सर्वाधिक ४० रन बनाएर आउट भएका थिए भने रुतुराज गायकवाडले २१, देवदत्त पाडीक्कललजे २९ र भुवनेश्वर कुमारले १३ रन बनाएका थिए । श्रीलंकाका लागि बलिङ्गमा अकिला धानंजयले सर्वाधिक २ विकेट लिएका थिए ।
भारतले दिएको १३३ रनको सामान्य लक्ष्य श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाका लागि ब्याटिङ्गमा धनंजया डि सिल्वाले ३४ बलमा ४० रनको शानदार पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । भारतका लागि बलिङ्त तर्फ कुलदिप यादवले सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै श्रीलंकाले ३ खेलको टि-२० श्रृखलामा १-१ ले बराबरी गरेको छ ।
वि.सं.२०७८ साउन १४ बिहीवार १२:३८ मा प्रकाशित




























