back
CTIZAN AD

गण्डकी प्रदेशमा पर्बतका ६ सहित थप ९ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन १४ बिहीवार

762 

shares

१४ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बिहीवार ९ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बिहीवार पर्वतका ६ जना तथा तनहुँ, बाग्लुङ र कास्कीका १\१ जना गरी ९ जनाको मृत्यु भएको हो । बिहीवार थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०८३ पुगेको छ । प्रदेशमा केही दिनयता मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

त्यस्तै प्रदेशमा आज म्याग्दीमा १८, पर्वतमा ४१, गोरखामा ३१, लमजुङमा ९, तनहुँमा २७, कास्कीमा १६८, वाग्लुङमा २१, स्याङजामा ४३ र नवलपरासीपूर्वमा ६९ जना गरी ४२१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २०५ जना महिला र २२२ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार बिहीवार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा १६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीवार थपिएका ४२७ जनासँगै प्रदेशमा हालसम्म ६६ हजार ७१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६१ हजार ४०३ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल ४२३० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३९९९ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

 

वि.सं.२०७८ साउन १४ बिहीवार १७:२६ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...