back

गण्डकी प्रदेशमा पर्बतका ६ सहित थप ९ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन १४ बिहीवार

219 

shares
NTC AD
Global IME AD

१४ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बिहीवार ९ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बिहीवार पर्वतका ६ जना तथा तनहुँ, बाग्लुङ र कास्कीका १\१ जना गरी ९ जनाको मृत्यु भएको हो । बिहीवार थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०८३ पुगेको छ । प्रदेशमा केही दिनयता मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

त्यस्तै प्रदेशमा आज म्याग्दीमा १८, पर्वतमा ४१, गोरखामा ३१, लमजुङमा ९, तनहुँमा २७, कास्कीमा १६८, वाग्लुङमा २१, स्याङजामा ४३ र नवलपरासीपूर्वमा ६९ जना गरी ४२१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २०५ जना महिला र २२२ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार बिहीवार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा १६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीवार थपिएका ४२७ जनासँगै प्रदेशमा हालसम्म ६६ हजार ७१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६१ हजार ४०३ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल ४२३० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३९९९ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

 

वि.सं.२०७८ साउन १४ बिहीवार १७:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...