back
CTIZAN AD

लुम्बिनीमा सत्ता परिवर्तनको खेल : तयारीका लागि नेताहरु काठमाडौंमा

वि.सं.२०७८ साउन १४ बिहीवार

639 

shares

साउन १४, काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार परिवर्तन गर्न केन्द्रको सत्तारुढ गठबन्धन सक्रिय बनेको छ । प्रदेश प्रमुख परिवर्तन गरेसँगै गठबन्धन मुख्यमन्त्री परिवर्तन गराउन सक्रिय बनेको हो ।

शनिबारदेखि प्रदेशमा मुख्यमन्त्रीका लागि प्रस्तावित नेता कुलप्रसाद केसी ‘सोनाम’ र प्रदेश सभामुख पूर्णं घर्तीसहितको टोली काठमाडौंमा छ । टोलीले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेको छ ।

अल्पमतमा भए पनि सरकार चलाईरहेका मुख्यमन्त्री शंकर पोखरेललाई अपदस्त गराउन गठबन्धन आन्तरिक तयारीमा छ । क्रमशः एक पछि अर्को कदम चालिरहेको गठबन्धनले पोखरेललाई थप कमजोर पार्न योजना बनाईरहेको छ ।

बिहीबार मात्रै पार्टीको आधिकारिकता पाएसँगै जसपाले मुख्यमन्त्री पोखरेललाई सघाईरहेका ३ मन्त्रीलाई पार्टीबाट कारबाही गर्दै सांसदबाट कारबाहीका लागि प्रदेश संसद सचिवालयमा पत्र पठाएको थियो ।

लुुम्बिनीमा पोखरेल बहुमत भए/नभएको पुष्टी नै नगरि बलपूर्वक वैशाख १९मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्तीको दिनदेखि नै उनी अल्पमतमा छन् ।

८३ सदस्यीय प्रदेशसभामा बहुमत देखाउन ४२ सांसदको समर्थन चाहिन्छ तर उनीसँग सुरुदेखि नै मात्रै ३८ सांसद छन् । जसमध्ये २ सांसद गठबन्धनमा सहभागी माधवकुमार नेपाल पक्षका छन् ।

वि.सं.२०७८ साउन १४ बिहीवार १७:२४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...