back
CTIZAN AD

विद्युतीय बसको चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

वि.सं.२०७८ साउन १४ बिहीवार

609 

shares

१४ साउन, मकवानपुर । वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौँ उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ ।

आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौँडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौँको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौँडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

आगामी भदौ मसान्तभित्रमा काठमाडौँलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ । विद्युतीय बस सञ्चालनका बोलपत्र आह्वान गरिएकामा अहिले दुईवटा अन्तर्राष्ट्रियस्तरको बोलपत्र दर्ता भएको र हाल बोलपत्रको मूल्याङ्कन भइरहेको बोर्डका कार्यकारी निर्देशक ढुङ्गानाले राससलाई बताए । उनका अनुसार सरकारी निकायसँग समन्वय गरेर विद्युतीय बस खरीद प्रक्रियालाई पारदर्शी र निष्पक्षताका साथ सार्वजनिकरण गरिनेछ ।

तीसवटा बस खरिद गरिनेमा २० वटा काठमाडौँ उपत्यकामा र १० वटा उपत्यकाबाहिर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । सर्वसाधारणले उक्त बसमा यात्रा गर्दा ज्यादै न्यून भाड तिनुपर्ने जनाइएको छ ।

खोलाले बगाउँदा एक महिलाको मृत्यु

मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई बुधबार साँझ उक्त खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

मृतक घलान बुधबार साँझ दूघ बेचेर घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएको थियो । स्थानीयवासीले शव खोलाको किनारमा आज देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेकोे जनाइएको छ ।

वि.सं.२०७८ साउन १४ बिहीवार १७:१६ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...