२९ जुलाई, मकाउ । एनआरएनए मकाउको अध्यक्षमा राजेश प्रसाई निर्विरोध निर्वाचित भएका छन् ।
संघको हालै सम्पन्न सातौं अधिवेशनबाट प्रसाई २०२१ देखि २०२३ सम्मका अध्यक्ष पदमा चयन भएका हुन् ।
कार्यसमितिको प्रथमउपाध्यक्षमा बिजयराज अर्याल, द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ, महासचिवमा उत्तम गुरुङ, सचिवमा शिव थापा, कोषाध्यक्षमा निरन्जन खडका, सहकोषाध्यक्षमा दिपक तामाङ, युवा संयोजकमा अमृत गुरुङ, महिला संयोजकमा कुमारी गुरुङ विजयी भएका छन् ।
स्मरण रहोस्, एनआरएनए मकाउको अध्यक्षमा उम्मेदवारी दिएकी निर्मला थापा मगरले प्रसाईलाई एकलौटी रुपमा अध्यक्ष घोषणा गरिएको आरोप लगाएकी छन् भने प्रसाई पक्षले थापामगरको विरुद्धमा परेको उजुरीमाथी उनले प्रयाप्त प्रमाण जुटाउन नसकेपछि प्रसाईलाई निर्विरोध निर्वाचित गरिएको बताउँदै आएको छ ।
वि.सं.२०७८ साउन १४ बिहीवार १७:१२ मा प्रकाशित






























