साउन १७, काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य सुर्य थापाले माधवकुमार नेपाललाई एमालेमा भित्र्याउन नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले माधव नेपालमा सुध्रिने छाँट नदेखिएको पनि बताए ।
उनले माधव नेपाल देउवा र प्रचण्डको सहयोगी भएको टिप्पणी गर्दै सहयोगी बन्न नै दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्ताे पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हाे कहाँ? कार्यदलकाे प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे ! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं, नराेकाैं !’
प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्ताे पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हाे कहाँ? कार्यदलकाे प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे!
अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं,नराेकाैं! pic.twitter.com/Ooa6dLoEkg— Surya Thapa (@ThapajiSurya) July 31, 2021
यसअघि शनिबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा फिर्ता गर्न नहुने बताएका थिए । उनले नेता नेपाल अपराधी र देशद्रोही भएको आरोप लगाएका थिए ।
अध्यक्ष ओलीले बोलेको भाषालाई थापाले प्रयोग गरेका हुन् । पछिल्लो समय एमालेमा ओली पक्ष जसरी पनि माधव नेपाललाई अलग्याउने रणनीतिमा छ । थापाको भनाई सोही शिलशिलामा सार्वजनिक भएको हो ।
वि.सं.२०७८ साउन १७ आइतवार १२:०६ मा प्रकाशित






























