Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

माओवादीभित्र बढ्दै घरझगडा, को हुन् प्रचण्डलाई तनावमा पार्ने नेता ?



साउन १८, काठमाडौं । केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुँ मानसिक तनावमा भएको बताएका थिए । सबै सांसद मन्त्री बन्ने होडबाजीमा लागेपछि आफुँ समस्यामा परेको भनाई प्रचण्डको थियो ।

‘मेरोमा अहिले मन्त्री बन्न इच्छुकको लाइन छ, मन्त्री बन्न दबाब दिन आएको हुलबाट उम्केर आएको छु म’, उनले भनेका थिए, ‘मन्त्री बनाइ दिनु भन्नेहरूको आतंक छ । कसलाई बनाउने, कसलाई नबनाउने मैँले ? सबै ४९ जना सांसदलाई नै मन्त्री बनाउन दबाब छ ।’

उनले आफ्नो पार्टीले बढीमा ७ जनासम्म मन्त्री पाउने भन्दै ४९ जनाबाट कसरी छान्ने समस्यामा परेको बताएका थिए । उनले नेताहरुको रवैया निकै गलत भएको पनि दुःखेसो पोखेका थिए ।

साउन ९ मा प्रचण्डले व्यक्त गरेको उक्त गुनासोको मुल कारण को हुन् ? र कसले गर्दा माओवादीभित्र झगडा बढिरहेको छ भन्ने विषय सबैका निम्ति चाँसोको विषय बनेको थियो ।

काेबाट छन् प्रचण्ड तनावमा ?

माओवादीभित्र क–कसलाई मन्त्री बनाउने भन्ने विषय सकसमैै परिरहेको बेला मन्त्रीहरुको नेतृत्व पनि कसले लिने भन्ने होडबाजी महत्वपूर्णं बनेर देखिएको छ । माओवादी उच्च स्रोतले बताएअनुसार पार्टी प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुखसमेत रहेका नेता कृष्णबहादुर महरा मन्त्रीका आकांक्षी देखिएका छन् । दुवैले माओवादी मन्त्रीहरुको नेतृत्व आ–आफुँले गर्न पाउनुपर्ने दबाब प्रचण्डलाई दिएका छन् ।

दुवैले उपप्रधानसहित महत्वपूर्णं मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने दबाब प्रचण्डलाई दिईरहेका छन् । यस्तोमा प्रचण्ड कसलाई छान्ने भन्ने सकसमा परेका छन् ।

एकातिर पूर्वसभामुखसमेत रहेका र पटक–पटक मन्त्रीसमेत भएका महरालाई पुनः मन्त्री बनाउन नहुने दबाब छ भने अर्कोतिर प्रतिनिधि सभा निर्वाचनमा हारेका नेता नारायणकाजीलाई मन्त्री बनाउँदा पार्टीको इमेज नराम्रो पर्ने तर्क केहिको छ । हालै मात्र नारायणकाजीको विकल्प खोज्नुपर्ने भन्दै उनकै क्षेत्रबाट नेताहरु पार्टी कार्यालयसमेत आएका थिए ।

उपप्रधानमन्त्री पद नै नराख्ने पक्षमा देउवा

माओवादीभित्र देखिएको विवादपछि प्रधानमन्त्री शेरबहादुर देउवा उपप्रधानमन्त्री पद नै नराख्ने लाईनमा पुगेका छन् । बालवाटार उच्च स्रोतले बताएअनुसार माओवादीभित्रको विवादलाई समाधानका लागि पनि उक्त पद नराख्नु बेस हुने लाईनमा उनी पुगेका हुन् ।

केहि दिनअघि शीर्ष नेताहरुको बैठकमा पनि देउवाले उपप्रधानमन्त्री पदमा कसैलाई ल्याउन नहुने तर्क राखेका थिए । स्रोतले बताएअनुसार उक्त बैठकमा देउवा र नारायणकाजीबीच भनाभनसमेत भएको थियो ।

माओवादीभित्रको विवादलाई बुझेर उनले यस्तो प्रस्ताव राखेको स्रोतले बताएको छ । प्रचण्डको छलफलपछि देउवाले उपप्रधानको जिम्मेवारी कसैलाई नदिने धारणा राखेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामाजिक सञ्जालमा अहिले पूर्वमहान्यायाधिवक्तासमेत रहेका डा. युवराज संग्रौला र पूर्वाधारविद् डा. सूर्यराज

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय