back

धुँवा धुलो हटाउ, सडक निर्माणमा विलम्ब नगर

वि.सं.२०७३ फागुन ९ सोमवार

219 

shares
NTC AD
Global IME AD

dust-ktm1काठमाडौँको आधाभन्दा बढी सडक निर्माणाधिन जस्तै भएको छ । मेलम्चीमा सुरुङको गति र आशाको प्रवेश बढेसँगै काठमाडौँका सडक बढी लथालिङ्ग भएका छन् । निर्माणका लागि पीडा सहनु पर्छ भन्ने मान्यतामा काठमाडौँ उपत्यकावासी बढी चुपचाप भएका हुन् । खानेपानीको पाइप बिच्छ्याउने काम करिब–करिब उत्तरार्ध तिर पुगेको बेला ढल विभागद्धारा फेरि ढल निर्माणका लागि सडक खनिने समाचार सार्वजनिक गरिएको छ । काठमाडौँमा सडक खन्ने काम सम्पन्न हुन अझै वर्षौं लाग्ने बताइएको छ ।

बत्तिमा लोडसेडिङ्ग हटेपछिको न्यानोलाई छायामा पार्नेगरी सडकबाट पीडा अशुलिएको भान नागरिकलाई भैरहेको छ । निश्चय पनि मेलम्ची आयोजनाले काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल) को संयोजनमा काम अघि बढाएको छ । खानेपानीको पाइप बिच्छ्याउने काम नगरी नगरवासीले पानी कसरी पाउँछन् भन्ने प्रश्न अब्बल र अहम भएपनि नागरिकको चौतर्फी बन्दोबस्ती र स्वास्थ्यमा राज्यको सरोकार रहनैपर्दछ । काठमाडौँ उपत्यकालाई धुँवा धुलोले सिंगार्न खोजे जस्तो गरी आयोजनाहरुले काम गरिरहेका छन् । पर्याप्त सूचना नदिई अचानक सडक खनिने परम्पराका कारण कतिबेला कुन रुटमा घण्टौँ कुर्नुपर्ने हो नागरिकलाई थाहा नै हुँदैन । सडकको जामबाट उत्पन्न अस्तव्यस्तताले उत्पादकत्वमा पर्ने असर त छँदैछ, त्यसबाहेक धुवाँधुलोबाट प्रभावित मानिसहरुको संख्याले स्वास्थ्यक्षेत्रमा समेत धक्का पु¥याउन थालेको छ । धुवाँधुलोका कारण पर्यटन उद्योग समेत नराम्ररी प्रभावित बनेको तथा पर्यटकहरुले नकरात्मक टिप्पणी बढाएको देखिन्छ ।

एकातिर अर्थमन्त्रीले विकासे पैसा खर्च हुन नसकेको दुखेसो पोखिरहेका छन् भने अर्कातिर रोजगारीको अभावमा मानिसहरुको लर्को बृद्धि हुने काम रोकिएको छैन । स्वास्थ्यमन्त्रीले धुलोकै कारण नागरिकहरु बिरामी परेको भनेर सार्वजनिक चिन्ता जाहेर गरेका छन् । सरकारका वरिष्ठ मन्त्रीहरुको यो चिन्ता आफ्नो लोकप्रिंयताका लागि हो की कार्यसम्पादनमा केन्द्रीत हो नागरिकहरुले व्यवहारमा जवाफ खोजेका छन् ।

विना समन्वय काम आँट्नु र जनशक्ति पहिचान एवम् तयारीमा ध्यान नपु¥याउनु नै यसका मुख्य कारण हुन् । खानेपानी तथा ढल निकासले समेत खानेपानी र ढलको काम सँगैसँगै गर्न सकेको छैन । खानेपानी–ढल, टेलिफोन जस्ता सडक खनेर परम्परा धान्नेहरुले आपसमा समन्वय पनि नगर्ने र बिग्रे बिग्रोस भनेर आफै रमिते हुने प्रक्रिया दोहो¥याउँदै आएका छन् ।

काममा जनशक्ति आकर्षण गर्ने, सकभर रातीमा काम गराउने, दिउँसोमा काम गर्नैपरे पर्याप्त सूचना र बैकल्पिक व्यवस्था गरेर मात्र काम थाल्ने अनि मिलेसम्म धुँवाधुलो कम गर्ने उपाय अबलम्बन गर्ने विषयमा सम्बन्धित आयोजनाहरुले ध्यान पु¥याउनै पर्दछ । सरकारले पनि यस्ता परियोजनाहरुमा बजेट खर्च सहज र सरल बनाएर शिघ्र काम गर्ने वातावरण बनाइदिनुपर्दछ । ट्राफिक जाम, पर्यटनमा बाधा र स्वास्थ्यमा पुगिरहेको तिव्र असर रोक्नका लागि शिघ्र निर्माण कार्य सम्पन्न गर्न जरुरी छ । सम्बन्धीत सरोकारवालाहरुको अबिलम्ब ध्यान पुगोस् ।
ऐक्यबद्धता मासिक २०७३ फागुनको सम्पादकीयबाट

वि.सं.२०७३ फागुन ९ सोमवार ०४:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD