back
CTIZAN AD

आज देशैभरी थपिए ४ हजार १०७ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

वि.सं.२०७८ साउन २० बुधवार

651 

shares

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार पिसीआर र एन्टिजेन विधिबाट १६ हजार २९८ नमुना परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना गरी उपत्यकामा आज १२७९ जना नयाँ संक्रमित थपिएका छन् । मंगलवारको तुलनामा आज उपत्यकामा संक्रमित हुनेको संख्या झण्डै ३ सयले बढेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । आज थपिएका ३५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९,९५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३० हजार २७० जना होम आइसोलेशनमा र ३ हजार १९४ जना संस्थागत आइसोलेशनमा उपचारत रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७१४ जना र भेन्टिलेटरमा १५६ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी मंगलवार देशैभरी ३२ हजार ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

साउन यता संक्रमणदर तिब्ररुपमा वृद्दि
मन्त्रालयले साउनयता संक्रमणको दर तिब्ररुपमा बढ्दै गएको जनाएको छ । असार अन्त्यदेखि साउनको २० गतेसम्म आउँदा मकवानपुर, काभ्रे, नवलपरासीपूर्व, बाग्लुङ र रुपन्देहीमा संक्रमितको संख्या बढ्दै गएको हो ।

यो साता थपिए २३ हजार बढी संक्रमित
मन्त्रालयका अनुसार यो सातामा देशैभरी २३ हजार २७५ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १२ हजार ५७९ जना संक्रमणबाट मुक्त भएका छन् भने १६६ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा हालसम्म पहिलो मात्राको खोप लगाउनेको संख्या ४२ लाख ९७ हजार ६१३ रहेको छ भने पूर्णमात्रामा खोप लगाउनेको संख्या २० लाख ७४ हजार ७८६ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट गरिएको ३७ लाख ४४ हजार ४७२ नमुना परीक्षणमा ७ लाख ५ हजार ७२ जनामा संक्रमण र ३ लाख ३६ हजार ८२३ ऐन्टिजेन नमुना परीक्षणमा ६४ हजार ८८५ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म दुवै विधिबाट गरिएको कूल ३९ लाख ८१ हजार ३९५ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ६९ हजार ९२२ पुगेको छ ।

आज देशैभरी ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

वि.सं.२०७८ साउन २० बुधवार १७:२४ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...