२१ साउन, काठमाडौं । युएई सरकारले आजदेखि नेपालीहरुका लागि युएई प्रवेशमा खुला गरेको छ ।
नेपाली दूतावास युएईद्धारा जारी सूचना अनुसार आज (५ अगस्त) देखि कोरोना भाइरसविरुद्धका खोप लगाएका नेपालीहरुले युएई प्रवेश गर्न पाउनेछन् ।
युएई प्रवेशका लागि नेपालको विमानस्थलमा र्यापिड टेष्ट गर्नुपर्ने, ४८ घण्टाभित्रको पिसीआर रिर्पोट साथमा हुनुपर्ने, युएईको विमानस्थलमा उत्रिएपछि पिसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन लगायत अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्नेलगायतका नियम रहेको पनि दूतावासद्धारा जारी सूचनामा जनाइएको छ ।
यस्तो छ मापदण्ड

वि.सं.२०७८ साउन २१ बिहीवार ०७:४५ मा प्रकाशित






























