back
CTIZAN AD

मुलुक गम्भीर संकटमा परेको भन्दै लेबनानका राष्ट्रपतिले मागे विश्व समुदायसँग सहयोग

वि.सं.२०७८ साउन २० बुधवार

729 

shares

२० साउन, बेरुत । लेबनानले मुलुक गम्भीर सङ्कटमा पुगेकाले सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ । राष्ट्रपति मिचेल औनले बुधबार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ ।

विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरिकाले गरिबीको वृद्धि बढीरहेको छ ।

त्यसैगरी कोरोनाभाइरसको महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ । महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या भइरहेको छ ।

सरकारी अधिकारीहरूका अनुसार सिरियाबाट विस्थापितहरूको ठूलो भार पनि लेबनानलाई नै परेको छ । त्यसैले लेबनानलाई सहयोगको खाँचो परेको उनीहरूले बताएका छन् ।

लेबनानमा अहिले विद्युत् तथा पानीसम्बन्धी सेवाका लागि भौतिक संरचनाहरू निर्माण तथा मर्मत गर्न सहयोगको आवश्यकता रहेको छ । त्यसैगरी लेबनानको सैनिकलाई पनि सहयोगको खाँचो रहेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

बेरुत नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि चाहिने सहयोग आफूहरूका लागि सबैभन्दा प्राथमिकतामा रहेको उनको भनाइ छ ।

बेरुत नाका देशको अर्थतन्त्रका लागि ठूलो कोसेढुङ्गा भए पनि अहिले सञ्चालन नभएकाले समस्या भएको जनाइएको छ । सिन्ह्वा

वि.सं.२०७८ साउन २० बुधवार २१:१५ मा प्रकाशित

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...