back
CTIZAN AD

सञ्जालमा आएका भ्रमपूर्ण खबरप्रति सजग रहन वैदेशिक रोजगार विभागको आग्रह

वि.सं.२०७८ साउन २१ बिहीवार

678 

shares

२१ साउन, काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने कामदार प्रक्रिया बारे सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण खबरप्रति सजग रहन आग्रह गरेको छ ।

सरकारले एक हजार नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउन अनलाइन विज्ञापन प्रकाशन गरिसकेको सन्दर्भमा केही व्यक्तिहरुले सामाजिक सञ्जाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई रकम उठाउने कार्यभैरहेको भन्दै विभागले  विज्ञप्तीमार्फत सजग रहन आग्रह गरेको हाे ।

विभागले इजरायलका स्याहार केन्द्रहरुमा पठाइने कामदारको छनौट प्रक्रियामा केवल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार छनौट हुने जनाउँदै कुनै पनि निजीक्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवम् व्यक्तिको कुनै पनि प्रकारको संलग्नता नरहने स्पष्ट पारीएको छ ।

‘नेपाल सरकार र इजरायली सरकारका बीच भएको श्रम सम्झौता अनुसार इजरायलका केयर गिभर सेन्टरमा पठाइने नेपाली सहयोगी कामदार छनौटका लागि कुनै पनि व्इक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमती प्रदान नगरीएकोले यस प्रकारको भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र राहदानी लगायत कुनै पनि कागजात तथा रकम नबुझाउन अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

कामदार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक व्यक्तिले कुनै निजी व्यक्ति वा संस्थासँग सम्पर्क नगरी विभागको वेबसाइडमा उपलब्ध सूचना अध्ययन गरी तोकिएको मितिभित्र फाराम भर्न विभागले अनुरोध गरेको छ । विभागले यही साउन १२ गते गोरखापत्रमा सूचना जारी गरी आवेदन माग गरेको थियो ।

वि.सं.२०७८ साउन २१ बिहीवार १७:४९ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...