back
CTIZAN AD

चीनमा अध्ययनरत एमबीबीएस नेपाली विद्यार्थीहरुद्वारा नेपालमै इन्टर्नसिप गर्न पाउनु पर्ने माग

वि.सं.२०७८ साउन २१ बिहीवार

942 

shares

२१ साउन, काठमाडौं । कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालबाटै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेका छन् ।

चीनको विभिन्न विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै नेपालबाटै इन्टर्नसिप पूरा गर्न पाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउँदै नकालेको विज्ञप्तिमा चीन सरकारले मिलेसम्म आफ्नै देशमा इन्टर्नसिप गर्न सुझाव दिएको भन्दै इन्टर्नसिप गर्न नपाए आफूहरुको भविष्य अनिश्चित हुने चिन्ता व्यक्त गरेका छन् ।

आफ्ना कक्षाका अन्य देशका विदेशी सहपाठीहरुले आ–आफ्नै देशमा नै इन्टर्नसिप गर्न पाएको उल्लेख गर्दै उता विश्वविद्यालयले नबोलाउने यता इन्टर्नसिप गर्न नपाउँदा आफूहरुको शैक्षिक भविष्य नै अध्यकार भएको जनाएका छन् ।

उनीहरुले चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार २०२० को अप्रिल महिलाको अन्तसम्ममा अन्तिम परीक्षा उर्तिण गरी इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुका लागि नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएकोमा २०२१ मा अन्त्मि परीक्षा उत्र्तिण गरेर इन्टर्नसिपको पर्खाइमा रहेका विद्यार्थीहरुप्रति विभेद भएको महशुस भएको उल्लेख गरेका छन् ।

चीनको वुहान शहरमा कोरोना संक्रमण फैलिएपछि चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए ।

 

वि.सं.२०७८ साउन २१ बिहीवार १८:३५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...