back
CTIZAN AD

सम्मानजनक हैसियत नभएसम्म पार्टी एकता हुँदैन – नेता नेपाल

वि.सं.२०७८ साउन २१ बिहीवार

804 

shares

२१ साउन, काठमाडौँ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियत नभएसम्म पार्टी एकता नहुने बताएका छन् ।

बिहिबार बिहीबार आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले आफूहरु एकताको पक्षमै रहेका दोहो¥याउँदै एकताका लागि सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार हुनुपर्ने बताएका हुन् ।

उनले सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने बताएका छन् । एकताको रटान गरेर मात्रै नहुने बताउँदै एकताका लागि ओली सच्चिएर आउनु पर्ने उनको भनाई छ ।

एकताको प्रयास केपी ओली पक्षबाटै ढिलाई भैरहेको बताउँदै उनले आफूहरुको तर्फबाट सहमतिको प्रयास भैरहेको जानकारी गराएका थिए । आफूहरुले रोक्न माग गर्दा गर्दै पनि ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्ने, विभागहरु गठन गर्ने निर्णय गरेर एकतालाई बिगार्ने प्रयास गरेको उनले सुनाए ।

साथै नेता नेपालले पाँच दलीय सत्ता गठबन्धन जोगाउनु आफ्नो दायित्व रहेकोसमेत बताएका छन् । उनले भने ‘सरकारमा जानका लागि गठबन्धन बनाइएको होइन । संविधान, लोकतन्त्र र संसद जोगाउन गठबन्धन बनाइएको हो । त्यसैले गठबन्धन जोगाउने जिम्मा पनि हाम्रै हो । गठबन्धन जोगाउन हामीले भूमिका खेल्नुपर्छ ।’

बैठकमा नेपालले बाेलेपछि पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएका प्रगतिबारे डा. भीम रावलले ब्रिफिङ गरेका थिए ।

आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री लगायतले आ–आफ्नो धारणा राखेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। बैठक भोलि पनि जारी रहेको जानकारी दिँदै नेता पन्तले शुक्रबार साँढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो।

वि.सं.२०७८ साउन २१ बिहीवार २०:३० मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...