back
CTIZAN AD

एनआरएनए महासचिवद्वारा १० दिनभित्र महाधिवेशन प्रतिनिधिको विवरण पठाउन अनुरोध

वि.सं.२०७८ साउन २१ बिहीवार

834 

shares

२१ साउन, काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हमेराज शर्माले १० दिनभित्र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरण पठाउन सबै एनसीसीहरुलाई अनुरोध गरेका छन् ।

महासचिव शर्माले सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै आगामी अक्टोबरमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनमा भाग लिने अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरण १५ अगष्ट २०२१ सम्म सचिवालयमा पठाउन आग्रह गरेका हुन् ।
क्षेत्रीय संयोजकहरुलाई समेत बोधार्थ गरी पठाइएको उक्त सूचनामा प्रतिनिधिको चयन प्रकृया छनौट एनआरएनए विधान अनुसार हुनुपर्ने उल्लेख गरिएको छ ।

‘आगामी अक्टोबरमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनमा भाग लिने अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरण यसै साथ संलग्न गरिएको टेम्प्लेटमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा इमेल मार्फत (contact@nrna.org) पेश गर्नु हुन अनुरोध छ । विधानको दफा २४.१ अनुसार प्रतिनिधिको विवरण १५ अगष्ट २०२१ सम्म सचिवालयमा प्राप्त भइसकेको हुनु पर्नेछ । ’ सूचनामा भनिएको छ ।

निम्न प्रकृयाबाट प्रतिनिधिको चयन गर्नु पर्ने उल्लेख छ :
१) प्रत्येक १० जना पंजिकृत सदस्य बराबर एक जना (१०:१) को अनुपातमा प्रतिनिधि चयन गर्नु पर्नेछ । एक हजार भन्दा बढी पंजिकृत सदस्य भएमा प्रत्येक थप एक हजार सदस्यको लागि क्रमिक ४०:१,८०:१,१२०:१ संख्याको अनुपातमा गर्ने (विधानको दफा १३.७, अनुसूची ६) ।

२) अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का वर्तमान र विगतमा काम गरिसकेका व्यक्तिहरुबाट प्राथमिकताको आधारमा ६५ प्रतिशत प्रतिनिधि चयन गर्ने (विधानको दफा १३.७ (ग) । विधानको अनुसूची ६ (क) अनुसार प्राथमिकताको श्रेणिकरण ९चबलपष्लन० यसै साथ पठाइएको छ ।

३) २५ प्रतिशत प्रतिनिधि पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी चयन गर्ने । बुँदा नम्बर २ मा उल्लेखित ६५ प्रतिशत प्रतिनिधिहरु नपुगेमा नपुग संख्या पनि निर्वाचनबाट चयन हुनु पर्नेछ (विधानको दफा १३.७ (क) ।

४) बाँकि १० प्रतिशत प्रतिनिधिहरु महिला, युवा सहित गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्येबाट नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद् चयन गर्ने (विधानको दफा १३.७ (ख) ।

संघको विधान निम्न लिङ्कबाट प्राप्त गर्न सकिनेछ । https://nrna.org/…/04/Pramanit-Bidhan-NRNA-2021_.pdf..
६५ प्रतिशत र २५ प्रतिशत प्रतिनिधि पठाई सक्नु भएका राष्ट्रिय समन्वय परिषद्लाई धन्यबाद छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार २०:५५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...