back
CTIZAN AD

स्प्रेडदरबारे पूर्वअर्थमन्त्रीहरु विभाजित, स्प्रेडदर घटाउनुुपर्छ भन्ने बाबुरामको सुरेन्द्र पाण्डेले गरे विरोध

वि.सं.२०७८ साउन २२ शुक्रवार

585 

shares

साउन २२, साउन, काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्थाहरुको स्प्रेडदरको विषयमा पूर्वअर्थमन्त्रीहरुबीच भिन्न–भिन्न मत देखिएको छ ।

शुक्रबार अर्थसमितिको बैठकमा बैंक तथा वित्तीय संस्थाको हाल कायम स्प्रेडदर बढाउने वा घटाउने विषयमा पूर्वअर्थमन्त्रीहरुबीच निकै मत भिन्नता देखिएको हो ।
छलफलमा बैंक तथा वित्तीय संस्थाहरुले महंगोमा कर्जा लगानी गरेर अत्याधिक कमाएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले स्प्रेडदर घटाउनुपर्ने बताएका थिए । उनले संकटको बेलामा पनि बैंकहरुले अत्याधिक कमाउनु गलत भएको बताएका थिए ।

तर, भट्टराईको भनाईप्रति पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले भने कडा रुपमा विरोध गरेका छन् । उनले स्प्रेडदर अझै कम भएको बताएका थिए । उनले स्प्रेडदर घटाए बैंकहरुले कसरी नाफा कमाउन सक्छन् भनि प्रतिप्रश्न गरे ।

ब्याजदको विषयलाई खुल्ला बजारमा छोड्नुपर्ने धारण पाण्डेको थियो । भट्टराईलेको भनाईको विरोध गर्दै उनले कर्जा र निक्षेपको अन्तरबारे बैंकको नाफा, संचालन खर्च र कर्मचारी सेवा सुविधाका विषयलाई पनि ध्यान दिनुपर्ने बताए । पाण्डे बोलिरहँदा बाबुरामले विरोध गर्दै ‘तपाईँ कसको पक्षमा बोल्दै हुनुुहुन्छ ?’ भनि प्रश्न गरेका थिए ।

No description available.

पाण्डेले बैंकहरुका सञ्चालन खर्च व्यवस्थित बनाउनुपर्ने बताएका थिए । उनले भनेका थिए । ‘निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गरौं । अनुचित खर्च घटाऔं । यसैले सम्बोधन हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु पर्दछ ।’

भट्टराईले भने अनुुत्पादक क्षेत्रमा लगानी गर्ने प्रवृत्तिलाई कानूनी रुपबाटै रोक्न आवश्यक भएको धारणा राखेका थिए । उनले हाल विद्यमान रहेको परिपाटीले गरिब जनताको कहिल्यै भलो हुन नसक्ने बताए ।

भट्टराईले भनेका छन्, ‘खाली हामीले घरजग्गा किनबेचमा मात्रै कर्जा प्रवाह ग¥यौं। यसले देश र जनता सधैँ गरिब भइरहने, बेरोजगार युवाहरु विदेश पलायन हुने अवस्था आयो । यसको अन्त्य गर्नका लागि ग्रामीण क्षेत्रमा लगानी केन्द्रित हुनेगरी मौद्रिक नीति आउनुप¥यो । अन्यथा देश र जनता सधैँ गरिव हुने र बैंकहरु मात्रै धनी हुने अवस्थाको अन्त्य हुन सक्दैन ।’

बैठकमा अर्का पूर्व अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाले गरिबलाई निमोन्ठे गरि नीति लिएको आरोप लगाए । उनले धनी र गरिबबीचमा बैंकले ब्याजरदर नै फरक लिएको आरोप लगाए । उनले भने, ‘धनीलाई सस्तो ब्याजदरमा कर्जा दिने तर गरिबलाई नदिने परिपाटीको अन्त्य नभएसम्म मुलुक समृद्ध हुन सक्दैन ।’

वि.सं.२०७८ साउन २२ शुक्रवार २०:४७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...