back
CTIZAN AD

जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज लगाइने

वि.सं.२०७८ साउन २२ शुक्रवार

633 

shares

२२ साउन, काठमाडौँ । कोरोना भाइरसवि?द्धको पहिलो खोप लगाएर दोस्रो डोज खोप लगाउन बाँकी जेष्ठ नागरिकहरूले खोप लगाउन पाउने भएका छन् । दोस्रो खोप लगाउन बाँकी १३ लाख ३८ हजार बढी ज्येष्ठ नागरिकलाई साउन २५ गतेदेखि खोप लगाउन पाउने भएका हुन् ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले १३ लाख ६८ हजार मानिस कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाले ती मानिसहरूलाई साउन २५ गतेदेखि दोस्रो डोज दिन सुरू गरिने जानकारी दिए ।

शुक्रबार भुटानले २ लाख ३० हजार ‘एस्ट्राजेनेका’ को खोप नेपाललाई दिएसँगै दोस्रो डोजको पर्खाइमा रहेकाहरूलाई खोप दिन लागिएको हो।

खोप महाशाखाका अनुसार सुरूमा क्रमशः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई उक्त खोप दिइने छ । उक्त खोप अभियान प्रदेश १ र २ मा भने केही दिन ढिलो हुने जनाइएको छ ।  प्रदेश १ र २ मा शनिबार र आइतबार जापानबाट थप ८ लाख खोप आइपुगेपछि दोस्रो डोज लगाउन बाँकी रहेकाहरूलाई दिइने पनि डा. गौतमले जानकारी दिए ।

गत फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए । पहिलो डोज लगाएको १२ सातापछि दोस्रो डोज लगाउनुपर्ने भएपनि भारतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद सम्झौता अनुसारकाे दश लाख डोज खोप नदिएपछि उनीहरूले खोप लगाउन पाएका थिएनन्।

वि.सं.२०७८ साउन २२ शुक्रवार २०:१५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...