back
CTIZAN AD

चौतर्फी दबाबपछि स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

वि.सं.२०७८ साउन २२ शुक्रवार

666 

shares

२२ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । परीक्षाको मिति तोकी तालिकासमेत सार्वजनिक भैसकेको अवस्था भएपनि कोरोना संक्रमण फैलिँदै गएको भन्दैै जनस्तरबाट चौतर्फी दबाब पर्न थालेपछि मन्त्रालयले उक्त सिफारीस गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थालाई ध्यान दिँदै सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)लाई सिफारिस गरेको जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको होे ।

‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, उनले ट्वीटरमार्फत भनेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तर पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि परीक्षा स्थगित गर्न सरकारलाई दबाब बढेको थियो । सीएमसीले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएसँगै बोर्डले सबै स्वास्थ्य मापदण्ड पुरा गरी होम सेन्टरबाटै परीक्षा लिने तयारी गरेको थियो ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १९:४४ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...