back
CTIZAN AD

एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण तीव्र

वि.सं.२०७८ साउन २२ शुक्रवार

705 

shares

२२ साउन, झापा । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण तीव्ररूपमा भइरहेको छ ।

सरकारले नेपाली सेनालाई होल्डिङ सेन्टर बनाउने जिम्मा दिएको छ । देशभरका आठवटा सीमानाकामा बनिरहेको होल्डिङ सेन्टरको ठेक्का नेपाली सेनाले हनुमान कन्स्ट्रक्शनलाई दिएको छ । भदौ ३० गते सकिने गरी असार अन्तिम साताबाट काम शुरु गरेको कन्स्ट्रक्शनले २०० बढी मजदूर लगाएर दैनिक काम गरिरहेको नयाँ श्रीनाथ गण चारआलीका गणपति अमरजङ्थ थापाले बताए ।

उनका अनुसार एक हजार व्यक्ति अटाउन सक्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की टहरा र १४ वटा किचनहल बन्नेछन् । हालसम्ममा करिब ४० प्रतिशत निर्माण सकिएको छ । “सीमानाका नजिकै जग्गा व्यवस्थापनका लागि खोजी गर्दा केही समय ढिलो भयो”, उनले भने, “बल्ल यहाँ जग्गाको व्यवस्थापन भएर बनाउन शुरु गरेका हौँ । थोरै ढिलो भए पनि तोकिएको समयावधिमै निर्माण सक्ने विश्वास छ ।” निर्माणाधीन होल्डिङ सेन्टर सीमानाकाबाट करिब १५ किलोमिटर टाढा छ ।

चार बिघा ऐलानी क्षेत्रफलमा होल्डिङ सेन्टर बनेपछि पूर्वी नाकाबाट नेपाल प्रवेश गर्नेलाई सोझै ल्याएर राखिने उनको भनाइ छ । सेन्टरको सम्पूर्ण रेखदेख नेपाली सेनाले गर्नेछ । उनका अनुसार होल्डिङ सेन्टरमै स्वाथ्यकर्मीको टोली रहने र केही अक्सिजन शय्यासहित सम्पूर्ण सेवा निःशुल्क हुनेछ ।
गत वर्ष पनि चन्द्रगढीस्थित प्रदेश प्रतिष्ठान केन्द्र कलबलगुडीमा रहेको अस्थायी होल्डिङ सेन्टरको रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको थियो ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १८:२० मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...