back
CTIZAN AD

गण्डकी प्रदेशमा एकैदिन थपिए ७०१ कोरोना संक्रमित, ५ जनाको मृत्यु

वि.सं.२०७८ साउन २२ शुक्रवार

666 

shares

२२ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार ५ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीमा २, तथा बागलुङ, पर्वत र म्याग्दीका १÷१ जना गरी ५ जना रहेका छन् ।

शुक्रवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १२३ पुगेको छ ।

त्यस्तै प्रदेशमा शुक्रवार मुस्ताङमा २२, म्याग्दीमा १२, पर्बतमा ३७, गोरखामा ११३, लमजुङमा १९, तनहुँमा २७, लमजुङमा १९, तनहुँमा २७, कास्कीमा १६६, वाग्लुङमा ८८, स्याङजामा १०५ र नवलपरासीपूर्वमा ११२ जना गरी ७०१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३४४ जना महिला र ३५७ जना पुरुष रहेका छन् । प्रदेशमा केही दिनयता कोरोना संक्रमित बढ्को संख्या निरन्तर बढिरहेको छ ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार शुक्रवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १६६ जना नयाँ संक्रमित थपिएका हुन् ।
शुक्रवार थपिएका ७०१ जनासँगै प्रदेशमा हालसम्म ७० हजार ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६४ हजार १ जना निको भइसकेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ५८४४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५५२० जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

 

वि.सं.२०७८ साउन २२ शुक्रवार १८:१४ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...