back
CTIZAN AD

सबै नागरिकलाई खोप उपलब्ध गराउन राष्ट्रपतिको आग्रह

वि.सं.२०७८ साउन २२ शुक्रवार

642 

shares

२२ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन् ।

नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताइन्।

चिकित्सा शिक्षालाई सर्वसुलभ बनाई नागरिकको पहुँचभित्र पुर्याउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले सबै नागरिक समक्ष स्वास्थ्य सेवाको पहुँच पुर्याउन राज्यको दायित्व हो भनिन् ।

कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणका गर्दैगर्दा नयाँ÷नयाँ प्रजातिको भाइरस देखापरेको भन्दै उहाँले भन्नुभयो, “कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने ठूलो जनशक्ति महिला स्वास्थ्यकर्मी भएकाले कोभिड–१९ विरुद्ध लड्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीप्रति सम्मान छ ।”

आजको समयमा नेपाली महिलाको ठूलो हिस्सा घरायसी कामकाजमा सिमित हुनुपर्ने अवस्था अझै रहेको भन्दै राष्ट्रपति भण्डारीले थोरै सङ्ख्यामा महिला व्यवस्थापिका र नेतृत्व तहमा पुगेको बताइन् । “यस्तो स्थितिमा पनि महिलाले चिकित्सा र स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाउनु सराहनी हो”, उनले भनिन्, “महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारले आफ्ना नीति तथा कार्यक्रममा सुधार गरे पनि प्रर्याप्त छैन । अझ सुधार गर्नुपर्दछ ।”

उनले स्वास्थ्य कार्यक्षेत्रमा लागि नेपालको दूरदराजका जनतालाई स्वास्थ्य सेवा पुर्याएको महिला चिकित्सकलाई धन्यवादसमेत दिइन् । कमजोर पहुँचका कारण नेपाली महिलाले धेरै समस्या झेल्नुपरेको भन्दै राष्ट्रपति भण्डारीले मातृशिशु, कुपोषण, रक्तअल्पता, घर परिवारमा अन्य सदस्य बिरामी पर्दा वहन गर्नुपर्ने जिम्मेवारीजस्ता कारणले महिला स्वास्थ्यमा विशेष प्राथमिकतापूर्ण व्यवहार आवश्यक रहेको बताइन् । उनले महिलाको क्षमता अभिवृद्धि, पेशागत र दक्षता विकास र नेतृत्व तहमा महिलाको सहभागिता र भूमिका बढाउनुपर्नेमा जोड दिइन् ।

सङ्घका अध्यक्ष डा लोचन कार्कीले राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा योगदान पुर्याएका महिला चिकित्सकको सम्मान गरिएको बताए । सङ्घका पूर्वअध्यक्ष डा सुधा शर्माले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा अग्रपङक्तिमा महिला स्वास्थ्यकर्मीले नै रहेको बताइन् ।

सङ्घका पूर्वअध्यक्ष डा केदारनरसिंह केसीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो । उक्त अवसरमा डा दिब्यसिंह शाह, डा रिता थापा, डा सरस्वती पाध्याय, डा सुधा शर्मा, डा कुशुम थापा, डा किरण थापा, डा आशा सिंह, डा संगिता भण्डारी, डा चन्द्रा कार्की, डा सानुमैया दलि, डा सुधा अग्रवाल, डा तारा मानन्धर, डा राधा शाह र डा अर्चना वैद्यलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १८:१३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...