back
CTIZAN AD

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पोखरामा

वि.सं.२०७८ साउन २४ आइतवार

552 

shares

२४ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ ।

आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

राष्ट्रिय टोलीले मुख्यगरी पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा अभ्यास गर्ने छ । यसबाहेक नेपाली सेनाको विजयपुर बाहिनीअन्तर्गतको खेलमैदान, सशस्त्र प्रहरीको खेलमैदान र सहारा क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सहारा एकेडेमीको मैदानमा समेत अभ्यास गर्ने योजना रहेको बताइएको छ ।

राष्ट्रिय टोली पोखरामा अभ्यासका लागि आउने भएपछि एन्फा महासचिव तुलाधरलगायतको टोलीले आज पोखरा रङ्गशालाको निरीक्षण गरेको छ । यसैगरी टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायतले पनि केही दिनअघिदेखि यहाँको वातावरण, खेल पूर्वाधारलगायतको निरीक्षण गर्नुभएको थियो । “राष्ट्रिय टोलीले पोखरामा कम्तीमा दुई साता प्रशिक्षण गर्ने निश्चित भएको छ, यहाँको अभ्यासले टोलीलाई मानसिक र शारीरिकरूपमा फिट बनाउने विश्वास लिएका छौँ”, महासचिव तुलाधरले भने, “सम्भव भएसम्म राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसमेत पोखरामा गराउने योजनामा छौँ ।”

पोखरा रङ्गशालामा निर्माणाधीन केही पूर्वाधार दुई सातामा सम्पन्न भएमा मैत्रीपूर्ण खेल हुनसक्ने उनले बताए । छिमेकी मुलुक भारतले नेपाली राष्ट्रिय टोलीसँग दुईवटा मैत्रीपूर्ण फुटबल म्याचका लागि प्रस्ताव गरिसकेको बताउँदै आगामी सेप्टेम्बरको २ र ७ मा खेल सञ्चालन हुने एन्फाले जनाएको छ । राष्ट्रिय टोलीका खेलाडी अहिले घर बिदामा हुनुहुन्छ । बिदालगत्तै सबै खेलाडीको प्रशिक्षण पोखरामा शुरु हुने बताइएको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार ११:०८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...