साउन २४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार बिहान १० बजेतिर उनी बालुवाटार छिरेका हुन् ।
गठबन्धन सरकारको साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने तयारी चलिरहेका बेला प्रचण्ड बालुवाटार पुगेका हुन् । बताइएअनुसार अहिले दुई नेताबीच छलफल चलिरहेको छ ।
सरकार गठनकाे झण्डै एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषदले पूर्णंता पाउन सकेको छैन् । मुख्य सत्ता साझेदार तीन दल पटक–पटक छलफलमा बसेपनि सहमति जुटाउन नसकेको चर्चा छ ।
पछिल्लाे केहि दिनमा देखिएकाे नेताहरूकाे सक्रियतालाई अर्थपूर्णँ रूपमा हेरिएकाे छ ।
वि.सं.२०७८ साउन २४ आइतवार १२:०९ मा प्रकाशित






























